काठमाडौं । नेपालका लागि सिएट ब्राण्डका टायरको आधिकारीक वितरक श्री एसटिसी अटो प्रालिले सिएट लिमिटेडको बार्सिलोनामा सम्पन्न वार्षिक समारोहमा दोहोरो सफलता प्राप्त गरेको छ । कम्पनीले एकै पटक दुई वटा अवार्ड जित्न सफल भएको हो ।
सो समारोहमा श्री एसटिसीलाई कन्सट्यान्ट प्रफमर तथा टु ह्वीलर अचिभर अफ द एयर २०१८ को दोहोरो अवार्ड प्राप्त भएको हो ।
सो अवार्डहरु हालै सम्पन्न कार्यक्रममा श्री एसटिसीका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेतीलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।


