मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी यामाहाले एफजेड–२५ र फेजर–२५ लाई एबीएस भर्सनमा ल्याएको छ । कम्पनीले डबल च्यानल एबीएस युक्त यामाहा एफजेड–२५ को मूल्य १ लाख ३३ हजार तोकिएको छ भने, फेजर–२५ एबीएसको मूल्य १ लाख ४३ हजार भारतीय रुपैयाँ तोकिएको छ । दुबै बाइकमा कम्पनलिे १४ हजार भारु मूल्य बढाएको छ ।
भारत सरकारले लागु गर्ने भएको नयाँ सुरक्षा मापदन्ड अनुसार कम्पनीले आफ्नो मोडलमा एबीएस बिशेषता दिदै आएको छ ।
एफजेड–२५ नेकेड स्ट्रिट फाइटर बाइक हो भने, फेजर २५ स्पोर्ट टुअरर मोटरसाइकल हो । दुबै मोटरसाइकलमा डाइमन्ड आकारको चेसिस लगाइएको छ ।
कम्पनीले दुबै मोटरसाइकलमा समान २४९ सीसी एयर कुल्ड एसओएचसी २ भल्भ फ्युल इन्जक्टेड इन्जिन दिएको छ । जसले ८ हजार आरपीएममा २०.९ पीएस पावरका साथै ६ हजार आरपीएममा २० एनएम टर्क उत्पादन गर्छ । यी बाइकको इन्जिनमा पाँच स्पिड टान्समिसन दिइएको छ ।
दुबै मोटरसाइकलमा एलइडी हेडलाइट, टिएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, स्प्लिट सिट, वाइड प्रोफाइल टायर लगाइएको छ । यो मोटरसाइकलमा १७ इन्च आलोय ह्वील, सन्स्पेन्सन ड्युटीज, टेलिस्कोपीक फ्रन्ट फर्क र रियर मनोसक लगाइएको छ ।
यो बाइकलले बजाज पल्सर एनएस २००, टीभीएस अपाची आरटीआर २०० फोर भी, हिरो एक्सस्ट्रीम २०० आरसँग प्रतिस्पर्धा गर्ने छ ।
यी बाइक नेपाली बजारमा परिक्षणको लागि केही समयपछि आउने नेपालको लागि यामाहाको आधिकारीक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेज स्रोतले जानकारी दिएको छ । नेपाली बजारमा आउँदा यी दुबै बाइकमा करिब ४५ हजार हारहारीमा मूल्य बढ्ने अनुमान गर्न सकिन्छ ।

