टीभीएसको नयाँ सोरुम जनकपुरमा

काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको नयाँ सोरुम जनकपुरमा संचालनमा आएको छ । जगदम्बा मोटर्सले जनकपुरका लागि टीभीएस मोटरसाइकल तथा स्कुटरको डिलरको रुपमा आर्यन अटोमोबाइल्सलाई नियुक्त गरेको हो ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको प्रमुख आतिथ्यमा टीभीएसको नयाँ सोरुम संचालनमा आएको हो ।

आर्यन अटोमोबाइल्सले जनकपुरमा टीभीएस मोटरसाइकल तथा स्कुटरको सेल्स, सर्भिस तथा पाटर्स सेवा उपलब्ध गराउने छ ।

ग्राहकहरु लाई सर्वोत्कृष्ट सेवा प्रदान गर्न आफ्नो विशेष ध्यान केन्द्रित रहने र जनकपुरको नयाँ टीभीएस डिलरशिपले मोटरसाइकल र स्कुटरहरूको विस्तृत रेन्ज, बिक्री पछिको भरपर्दो सेवा तथा सहज खरिद प्रक्रिया प्रदान गर्ने जगदम्बा मोटर्सको बुझाई छ ।

उक्त सोरुम उद्धघाटन कार्यक्रममा बोल्दै जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘टीभीएसले सधैं उद्योगमा नयाँ मानक स्थापित गर्दै आएको छ । यो नयाँ डिलरशिपले प्रदेश २ मा हाम्रो उपस्थिति बलियो बनाउनुका साथै ग्राहकहरूसम्म विश्वस्तरीय दुईपांग्रे सवारी सजिलै पु¥याउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ’ ।

टीभीएस ब्रान्ड नेपालका दुईपांग्रे सवारी साधनको बजारमा अग्रणी स्थानमा रहँदै आएको छ । नयाँ डिलरशिपले ग्राहकहरू, मोटरसाइकल पारखीहरू लगायतका लागि टेस्ट राइड, वित्तीय योजनाहरू तथा विशेषज्ञ परामर्श सुविधा उपलब्ध गराउने जानकारी दिइएको छ ।


Back_to_top