काठमाडौं । चिनियाँ सरकारी कार कम्पनी जीएसीको इलेक्ट्रीक ब्राण्ड एवोनले नयाँ ह्याब्याक कारको बिक्री सुरु गरेको छ । कम्पनीले प्रि-सेल्समा राखेको मूल्यभन्दा पनि कम मूल्यमा यसको बिक्री थालेको हो ।
जीएसीले प्रि-सेल्समा १२ हजार ३०० डलरबाट १५ हजार डलरसम्म मूल्य तोकेको थियो । अब बिक्री सुरु भएको एवोन युटी मोडलको सुरुवाती मूल्य ९ हजार ६०० देखि १४ हजार डलरसम्म कायम गरिएको छ ।
दुई ब्याट्री अप्सनमा उपलब्ध भएको युटी मोडलमा ३४.८६ र ४४.१३ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । दुबै ब्याट्रीसँग १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । यसमा प्रयोग भएको एलएफपी ब्याट्रीले सिंगल चार्जमा क्रमशः ३३० र ४२० किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ । यसमा रहेको ब्याट्रीलाई अल्ट्रा फस्ट चार्जिङ गर्न सकिन्छ । कम्पनीको दावी अनुसार २४ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज हुनेछ ।
एवोन युटीको लम्बाइ ४२७० एमएम, चौडाइ १८५० एमएम र उचाइ १५७५ एमएम छ । यसमा २७५० एमएम लामो ह्वीलवेस रहने छ । १७ इन्चको अलोय ह्वील पाउन सकिन्छ ।
कम्पनीले यसमा लामो ह्वीलवेस, फ्लस ह्याण्डलबार, स्मुद आउटलाइन र ओभल सेप दिएको छ । निकै आकर्षक फ्रन्ट ग्रिलमा देखिएको एवोन युटीमा अगाडिको दायाँ फेन्डरमा चार्जिङ पोर्ट दिएको देखिन्छ । साथै, हेडलाइट र फगलाइट पनि यसमा पृथक देखिन्छ । एयर ड्यामको बनोट र नम्बर प्लेट लगाउने स्थान बीचको कम्बीनेसन उत्कृष्ट छ । ठूलो एयर इन्टेक र रुफ स्पोइलर यसको अर्को उत्कृष्ट कम्बीनेसन हो ।
पृथक ह्वील, टेललाइट र बडी प्यानमा तयार भएको ह्याचव्याक कार निकै एरोडाइनामिक डिजाइनमा छ ।

बाहिर जस्तै क्याविन पनि प्रिमियम छ । ड्यासबोर्डमा १४.६ इन्चको ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, ८.८ इन्चको इन्फर्मेशन डिस्प्ले, एआई भ्वाइस कमाण्ड एसिस्ट, लेभल टु एडास फिचर, टु स्पोक स्टेरिङ ह्वील, वायरलेस चार्जर दिएको छ ।
धेरै नेचुरल लाइट इफेक्ट सहितको सनरुफ, ४४० लिटरको बुट स्पेश उपलब्ध कारमा निकै प्रिमियम लाग्ने सिट पाउन सकिन्छ ।
नेपाल पनि आउने
सीजी मोटर्सले नेपाल ल्याएको जीएसी ब्राण्डमा अहिले दुई मोडल उपलब्ध छ । जीएसीले ग्लोवल मोडलको रुपमा ल्याएका गाडी नेपाल आउने भएको कारण युटी ह्याचव्याक पनि आउने सहजै अनुमान गर्न सकिन्छ ।
आगामी चाडपर्वको सिजनमा युटी ह्याचव्याक नेपाल आउने कम्पनीको भनाइ छ । यसले राम्रो मूल्यमा ल्याउने हो भने ह्याचव्याक कारको सेग्मेन्टलाई नै बदल्न सक्ने अनुमान गरिएको छ ।

