साइमेक्सले बढायो बीवाइडीका गाडीमा ‘वारेन्टी पिरियड’

काठमाडौं । बीवाइडीले आफ्ना सम्पूर्ण गाडीमा ‘वारेन्टी पिरियड’ बढाएको छ । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले आफ्ना सबै मोडल उपलब्ध बारेन्टी अवधि बढाएको हो ।

‘बीवाइडी हाइटेक विक २०२५’को दौरान वारेन्टी अवधि बढाउने निर्णय लिएको हो । यसअघि १ लाख ६० हजार किलोमिटर वा ८ वर्ष जुन पहिला आइपुग्छ त्यहि वारेन्टी दिइएको थियो । अब कम्पनीले २ लाख किलोमिटर वा १० वर्षको वारेन्टी दिने भएको हो ।

कम्पनीले निकालेको हाइटेक विक एक्सक्लूसिप अफर भन्दै वारेन्टी अवधि बढाएको हो । कम्पनीले आफ्नो सर्वाधिक सफल मोडल एटो–थ्री, डल्फीन र एम-६ मा वारेन्टी वृद्धि गरेको हो । कम्पनीका यी तीनवटै मोडल राम्रो संख्यामा विक्री हुँदै आएका छन् ।

बीवाइडीको सहायक कम्पनी फिन ड्रिमले उत्पादन गरेको ब्लेड ब्याट्री उच्च चार्जिङ साइकल भएको मोडल हो । साथै, हाइ चार्जिङ र डिसचार्जिङ क्षमताको कारण पनि ब्लेड ब्याट्री चर्चामा रहँदै आएको छ ।

अल्ट्रा-सेफ मानिएको ब्याट्रीलाई नेल पेनिट्रेसन टेस्ट गर्दा कुनै किसिमको धुवाँ निस्कने वा आगलागी हुँदैन । त्यसले यसको सुरक्षालाई दर्शाएको छ । उक्त टेस्ट हाइटेक विक २०२५ को हरेक सत्रमा हुँदै आएको छ । उक्त विक आज फागुन १८ गतेसम्म चल्नेछ ।


Back_to_top