काठमाडौं । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कसले फागुन १८ गतेदेखि २३ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्दैछ ।
कम्पनीले आयोजना गरेको उक्त कियर फेस्ट कलाकार निर्मल शर्मा, अग्नि इनकर्पोरेटेडका प्रबन्ध निर्देशक सुसन श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा लगायतको उपस्थिति थियो ।
कम्पनीले आफ्नो देशभर रहेको ४५ सर्भिस पोइन्टमा चेकअप क्याम्प लगाएको छ । जहाँ निःशुल्क लेबर चार्ज, वासिङ्ग, गाडीको हेल्थ चेकअप गर्ने जनाएको छ । साथै,, म्याक्सिमाइल लुब्रिकेन्ट्समा १० प्रतिशत छुट, स्पेयर पार्टसमा ५० प्रतिशतसम्म छुट र १० प्रतिशत विस्तारित छुट कुपन दिने जनाएको छ ।
महिन्द्राका ग्राहकले नेपालभर रहेका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागीता जाउन सक्नेछन् । महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आईरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरुमा झैँ ग्राहकहरुको उल्लेखनीय सहभागिता रहने अपेक्षा कम्पनीको छ ।

