ईभी सिरिजमा कियाको सबैभन्दा सानो एसयूभी आउने

काठमाडौं । ईभी सिरिजमा लामो लाइनअप देखाएको कियाले सबैभन्दा सानो ईभी-१ ल्याउने भएको छ । यसअघि कम्पनीले ईभी-२, ईभी-३, ईभी-४, ईभी-५, ईभी-६ र ईभी-९ देखाइसकेको थियो ।

कियाले ईभी-३, ईभी-५, ईभी-६ र ईभी-९ भने अन्तर्राष्ट्रिय बजारमा बिक्री सुरु भइसकेका छन् । त्यसमध्ये ईभी-६ र ईभी-९ नेपालमा पनि उपलब्ध छन् । कियाले आफ्नो सबैभन्दा सानो ईभी-१ ल्याउने भएको हो ।

अहिलेसम्म किया ईभी-१ का बारेमा केही कुरा सार्वजनिक भएको छैन । तर, यसको साइज किया पिकान्टो वा हुन्डाईको इन्टर ईभी बराबरकै हुनेछ । त्यो भनेको लम्बाइ ३.८२ मिटर हो ।

किया मोटर्सले नयाँ मोडलको कुनैपनि कुरा बाहिर ल्याएको छैन । तर, हुन्डाई मोटर ग्रुप अन्तर्गत भएको कारण इन्सटर ईभीकै स्पेकमा ईभी-१ आउने छ ।


Back_to_top