‘गड्स आई’को प्रयोग ब्यापक बनाउँदै बीवाइडी

काठमाडौं । बीवाइडीले आफ्नो नयाँ एड्भान्स ड्राइभिङ सिस्टमको प्रयोग ब्यापक बनाउने भएको छ । कम्पनीले आफ्नो नयाँ ‘गड्स आई’ टेक्नोलोजीको प्रयोग चल्तीका मोडलमा सुरु गरेको हो ।

चिनियाँ न्यू इनर्जी भेहिकल जाइन्ट बीवाइडीले सिलायन-०७ एसयूभीमा गड्स आईको ‘सी’ भर्सन प्रयोग गरेको हो । साथै, कम्पनीले डिजेआईको ‘इन्टेलिजेन्ट ड्रोन सिस्टम’ पनि सिलायन-०७ प्लगइन हाइब्रिडमा दिएको छ ।

बीवाइडीले आफ्नो ग्लोवल मोडल एटो-थ्रीमा पनि गड्स आई र इन्टेलिजेन्ट ड्रोन सिस्टम दिएर बिक्री सुरु गर्ने तयारी गरिरहेको छ । यहि मार्च महिनामै नयाँ ड्राइभिङ एसिस्ट सिस्टम भएको एटो-थ्रीमा बजारमा ल्याउने तयारी भइरहेको छ । यसपटक एटो-थ्री फेसलिफ्ट पनि भएर आउनेछ ।

त्यसको अलावा डल्फीन, एटो-टु, सिलायन-०७ ईभी र सिलायन-५ को सिरिजमा पनि बीवाइडीले गड्स आईको ‘सी’ सिस्टम दिएर ल्याउने छ । यी सबै मोडलमा २०२५ मे अन्तिमसम्ममा नयाँ ड्राइभिङ एसिस्ट उपलब्ध हुनेछ ।


Back_to_top