काठमाडौं । नेपालका लागि दीपल, नामी र सेरेस ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आजबाट (आइतबार) काठमाडौं नक्सालस्थित अमरपाली बैंक्वेट लगायत देशभरका शोरुमहरुबाट ईभी कार्निभल सुरु गरेको छ । बुधबारसम्म चल्ने नेपालकै ठूलो दावी गरिएको ईभी कार्निभलमा ग्राहकले दीपल, नामी र सेरेसको टेस्ट ड्राइभ र एक्सचेन्ज गर्न सक्नेछन् ।
एमएडब्लु वृद्धि ईभी कार्निभलमा ग्राहकले हरेक मोडेलमा आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, फ्रि रोड ट्याक्स र अटोप्लस इन्स्योरेन्स पाउनेछन् । ग्राहकले टप ८ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट रिकन्डिसन भ्यालु पनि पाउने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेखछ ।
हरेक टेस्ट ड्राइभ र भ्यालुएसनमा पनि ग्राहकले उपहार पाउनेछन् । कार्निभलमा चांगानको अफरोड क्यापाबल र स्टाइलिस हन्टर पिकअप पनि डिस्प्लेमा राखिएको छ । यसलाई मात्र १० प्रतिशत डाउनपेमेन्टमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । साथै, हरेक दिन बुकिङ्ग गर्नेमध्ये भाग्यशाली एक जोडीले नगरकोटस्थित कन्ट्रि भिल्लामा फ्रि नाइट स्टे पाउनेछन् । बम्पर उपहारमा बुकिङ्ग गर्ने एक जनाले लक्की ड्रमार्फत आईफोन-१६ प्रोम्याक्स पाउने कम्पनीले जनाएको छ ।
थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोला ।
यो मेलामा ग्राहकले भर्खरै सार्वजनिक भएको संसारकै पहिलो ट्रान्सफर्मर एसयूभीको अनुभव पनि गर्न सक्नेछन् । साथै, दीपलको चर्चित मोडल एस-०७, एस-०७एल, एल-०७का साथै नामी बक्स र सेरेस थ्रिको टेस्ट ड्राइभ गर्न पाइनेछ ।

