बीवाइडीका कार ५ मिनेट चार्ज गर्दा ३०० किमी गुड्ने

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले ५ मिनेट चार्ज गर्दा ३०० किलोमिटर गुड्न पुग्ने रिचार्ज हुने १००० भोल्ट आर्किटेक्चरको विकास गरेको छ ।

बीवाइडीले छिट्टै नयाँ एक हजार भोल्ट क्षमताको ‘नयाँ आर्किटेक्चर सार्वजनिक गर्ने भएको हो । नयाँ प्लेटफर्मले ‘अल्ट्रा फास्ट चार्जिङ सपोर्ट’ गर्छ । नयाँ प्लेटफर्मको सहायताले चार्जिङ स्पीड ‘फाइभ-सी’सम्म पुग्ने कम्पनीको दावी छ ।

चिनियाँ उत्पादकले आफ्ना लग्जरी मोडलहरुमा आगामी महिनादेखि १००० भोल्टको आर्किटेक्चर प्लेटफर्म प्रयोग गर्ने जनाएको छ । चीनमा कम्पनीले अल्ट्रा फास्ट चार्जिङ नेटवर्क विस्तार गरिसकेको छ । त्यसैले अव गाडी ल्याउने तयारी थालेको हो ।

बीवाइडीको १००० भोल्ट आर्किटेक्चर विभिन्न ब्राण्डले अहिले प्रयोग गर्दै आएको ८०० भोल्ट आर्किटेक्चरको तुलना चार्जिङ पावर बढी हुन्छ । साथै, हाइभोल्टेज प्लेटफर्मले चार्जिङको समयमा ब्याट्रीको ‘ओर्कलोड’ कम गरेर हिटसमेत कम पैदा गर्छ । जसले ब्याट्रीको लाइफ बढाउने र चार्जिङ स्पीड पनि बढ्ने हुन्छ ।

मिडिया रिपोर्टका अनुसार बीवाइडीले ‘नयाँ बक्स’ कोड नेम दिएर विकास गरिरहेको इलेक्ट्रीक आर्किटेक्चर इनर्जी इफिसीयन्सी र सिस्टम इन्ट्रीग्रेसनको लागि पनि उपयुक्त छ ।

बीवाइडीले नयाँ हाइ भोल्टेज प्लेटफर्मको प्रयोग आफ्नो डाइनेस्टी सिरिजबाट गर्नेछ । सुरुवातमा हान एल, टाङ एल जस्ता मोडलमा प्रयोग हुने नयाँ प्लेटफर्ममा बन्ने ईभीले ड्यूल गन चार्जर सपोर्ट गर्नेछ ।


Back_to_top