जिकारले देखायो फ्ल्यागसिप एसयूभी ‘९-एक्स ग्राण्ड’

काठमाडौं । जिली ग्रुप अन्तर्गतको प्रिमियम ब्राण्ड जिकरले नयाँ फ्ल्यागसिप एसयूभी ‘९-एक्स ग्राण्ड’ सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो मोडल लाइनअपकै सबैभन्दा प्रिमियम मोडल देखाएको हो ।

धेरै जसो पाट्सलाई छोपेर देखाइएको जिकर ९-एक्स ग्राण्ड निकै ठूलो देखिएको छ । लाइडार सेन्सर छतमा राखेको तस्बिरबाट देख्न सकिन्छ । साथै, नयाँ एसयूभीमा फ्लस डोर ह्याण्डल प्रयोग भएको छ । जिकर-००९ मिनिभ्यान जस्तै देखिएको छ ।

जिकरले आफ्नो फ्यागसिप मोडललाई प्योर इलेक्ट्रीक, प्लगइन हाइब्रिड र इआरईभी अप्सनमा ल्याउने छ । ५.२ मिटर लामो हुने जिकर ९-एक्स ग्राण्डमा सुपर हाइब्रिड सिस्टम रहनेछ । कम्पनीले ९-एक्समा उपलब्ध हुने फिचर, टेक्नीकल डिटेलका बारेमा कुनै जानकारी बाहिर ल्याएको छैन ।

सन् २०२५ को तेस्रो क्वाटरसम्ममा बजारमा आउने ९-एक्सको मूल्य १ लाख ४२ हजार अमेरिकी डलर हाराहारी कायम हुने अनुमान गरिएको छ । जिकरले उत्पादन गरेको ‘जिकर एक्स’ मोडल नेपालमा पनि उपलब्ध छ ।


Back_to_top