काठमाडौं । मारुती सुजुकी इनिडयाले आफ्नो सफल ह्याचव्याक कार वागेनआरलाई हाइब्रिड इन्जिनमा ल्याउने भएको छ । कम्पनीले भारतमा बढ्दो हाइब्रिड कारको माग सम्बोधन गर्न वागेनआरलाई हाइब्रिड इन्जिनमा ल्याउने भएको हो ।
जापानी बजारको लागि पनि वागेनआर हाइब्रिडमै आउने भएको छ । जापानी बजारमा उपलब्ध वागेनआर ६६० सीसी इनलाइन थ्री डिओसीएच पेट्रोल इन्जिनमा रहनेछ । यसमा रहेको इलेक्ट्रीक मोटरले १० पीएस पावर र २९ एनएम टर्क प्रदान गर्छ । दुबैको कम्वाइन पावर ५४ पीएस हुनेछ ।
भारतमा भने १.२ लिटर इन्जिनमा आउने बताइएको छ । भारतमा आउने वागेनआरमा टोयोटाबाट लिइएको हाइब्रिड टेक्नोलोजी हुनेछ । जुन यसअघि ग्राण्ड भिटारामा पनि प्रयोग भएको छ । नयाँ इन्जिनले ३० किलोमिटरसम्म प्रतिलिटर माइलेज दिने अनुमान गरिएको छ ।


