हिरो करिज्मा जेडएमआरको व्यापारमा लगातार गिरावट आएसँगै यसको उत्पादन बन्द हुने सम्भावना बढेको छ । भारतमा पछिल्लो ६ महिनामा उक्त मोटरसाइकलमात्रै ७२ युनिट बिक्री भएको कम्पनीले जनाएको छ ।
नेपाली बजारमा यसको बिक्री पछिल्लो समय बन्द नै भइसकेको थियो । लगातार व्यापारमा गिरावट आएसँगै कम्पनीले करिज्मा जेडएमआरको उत्पादन बन्द गर्न सक्ने सम्भावना प्रवल बनेको हो ।
गत डिसेम्बरमा ४ युनिटमात्र बिक्री भएको थियो । उक्त बाइक अक्टोवरमा एउटै युनिट बिक्री हुनसकेको थिएन । यसको आधुनिक मोडल सीबीआरको स्टाइलबाट प्रेरित रहेको छ । कम्पनीले सो मोटरसाइकको तेस्रो जेनेरेशनलाई परिमार्जित संस्करणमा ल्याउने तयारी भने गरिहेको छ । नयाँ आउने घोषणाको कारण पनि करिज्मा जेडएमआरको ब्यापारमा ह्रास आएको कम्पनीले शङ्का गरेको छ ।
यो मोटरसाइकलमा उपलब्ध २२३ सीसी सिङ्गल सिलिन्डर इन्जिनले ८ हजार आरपीएममा क्षमताको २० बीएचपी पावरकासाथै ६५ सय आरपीएममा १९.७ एनएम–टर्क उत्पादन गर्छ । यसमा १५.३ लिटर क्षमताको पेट्रोल ट्याङ्की लगाइएको छ भने यसको टपस्पीड क्षमता १२९ किलोमिटर प्रतिघन्टा रहेको छ ।

