टीभीएस अपाची आरटीआर १६० फोर-भी VS होन्डा–एक्स ब्लेड

काठमाडौं । टीभीएसको अपाची आरटीआर–१६० फोर–भी, मोटरसाइकल आकर्षक डिजाइन तथा पफर्मेन्सका कारण लोकप्रिय बनेको छ । यसमा उच्च पीकअप क्षमता रहेको छ ।  मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी होन्डाले बिक्री गर्दैआएको होन्डा–एक्स ब्लेड निकै रुचाइएको मोटरसाइकल हो । यी दुबै बाइक विशेषगरी युवावर्गको रोजाईमा परेको पाइन्छ । हामीले यी दुई मोडलबीचको भिन्नतालाई प्रस्तुत गर्ने कोशिस गरेका छौँ ।

इन्जिन

टीभीएस अपाचे-१६० ४-भी मा १५९.७ सीसी सिङ्गल सिलिन्डर, फोर-स्ट्रोक, फोर-भल्भ लिक्विड तथा एयरकुल्ड इन्जिन रहेको छ, उक्त इन्जिनले ८००० आरपीएममा १६.५ पीएस पावर र ६५०० आरपीएममा १४.८ एनएम–टर्क उत्पादन गर्छ । त्यस्तै, होन्डा एक्स–ब्लेडमा १६२.७ सीसीको सिङ्गल सिलिन्डर, एयरकुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले १३.९३ बीएचपी पावर र १३.९ एनएम-टर्क प्रदान गर्छ । यी दुबैको इन्जिनमा फाइभ-स्पीड ट्रान्समिसन दिइएको छ । दुबै मोटरसाइकलको फ्रन्टमा डिस्क–ब्रेक दिइएको छ भने टीभीएस अपाचे आरटीआर-१६० ४-भीको रियरमा डिस्क तथा होन्डा एक्स बेल्डमा ड्रम ब्रेक दिइएको छ । अपाचे-१६० ४-भीको फ्रन्टमा २७० र होन्डा एक्सब्लेडमा २७६ एमएमको डिस्क ब्रेक रहेको छ भने, अपाचेले रियरमा २३० एमएमको डिस्क ब्रेक दिदाँ होन्डाले ड्रम ब्रेक दिएको छ । 

टपस्पीड क्षमता

टीभीएस आरटीआर अपाची-१६० फोर-भीको टपस्पीड क्षमता  ११६ किलोमिटर प्रतिघन्टा रहेको छ भने होन्डा-एक्सब्लेड प्रतिघन्टा ११० किलोमिटरको रफ्तारमा गुड्छ । 

सस्पेन्सन

होन्डा-एक्स ब्लेडमा डायमन्ड चेसिस लगाइएको छ भने फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र रियरमा मनोशक सस्पेन्सन दिइएको छ । टीभीएस अपाची आरटीआर-१६० ४-भी मा डबल-क्रेडल साइन क्रो-एसटीआई एफएफ सस्पेन्सन चेसिस, फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा मनोशक लगाइएको छ । दुबै मोटरसाइकलको फ्रन्ट तथा रियरमा १७ इन्च आलोय ह्वील लगाइएको छ । 

डायमेन्सन

एक्स ब्लेडको लम्बाई २०१३ एमएम, चौडाई ७८६ एमएम र उचाई १११५ एमएम रहेको छ । यसमा १३४७ एमएमको ह्वीलबेश दिइएको छ भने १६० एमएम ग्राउन्ड क्लियरेन्स दिइएको छ । यसमा १२ लिटरसम्म इन्धन ट्याङकी रहेको छ । यसको कुल तौल १४० किलोग्राम रहेको छ । टीभीएस अपाची आरटीआर-१६० फोर-भीको लम्बाई २०५० एमएम, चौडाई ७९० एमएम र उचाई १०५० एमएम रहेको छ । यसमा १३५७ एमएम ह्वीलवेश दिइएको छ भने, १८० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ । १४३ किलोग्राम तौलको यस मोटरसाइकलमा १२ लिटर क्षमताको फ्यूल ट्याङ्क जडान गरिएको छ ।

फिचर

दुबै बाइकमा डिजिटल कल्स्टर रहेकोछ । दुबै बाइकमा डे-टाइम रनिङ एलईडी हेडलाइट, एलईडी टेल–लाइट जस्ता फिचर रहेका छन् । एक्स ब्लेडमा स्ट्रीट-टेक डिजिटल मिटरमा इनोभेटिभ स्टाइलको डिस्प्ले दिइएको छ । एक्सब्लेडको  डिस्प्लेमा टाइम, स्पीडो मिटर, गियर इन्डिकेटर, फ्यूल गेज जस्ता फिचर रहेको छ । अपाची आरटीआर–१६० फोर–भीमा डिजिटल स्पीडोमिटर, टेकोमिटर, ट्रीप मिटर, लो फ्यूल इन्डिकेटर, सर्भिस वार्निङ, हाइ स्पीड रेकर्ड, आरपीएम वार्निङलगायतका विशेषता रहेको छ ।

मूल्य

नेपाली बजारमा होन्डा–एक्स ब्लेड र टीभीएस अपाची आरटीआर-१६० फोर-भीको मूल्य समान २ लाख ८५ हजार ९ सय रुपैयाँ रहेको छ ।

निस्कर्ष

लुक्सको आधारमा दुबै बाइक समान रहेको छ । इन्जिन पर्फमेन्समा आरटीआर ४भी केही राम्रो रहेको छ । टीभीएसको रेसिङ डीएनएका कारण बाइक पावरफुल देखिएको छ । एक्सब्लेडको कल्स्टरमा गियर इन्डिकेटर फिचर थप छ भने आरटीआर १६० ४ भीमा हाइस्पीड रेकर्ड, आरपीएम अर्लट, सर्भिस वार्निङ जस्ता फिचर थप रहेको छन् । ग्राउन्ड क्लियरेन्समा पनि आरटीआर राम्रो रहेको छ । आरटीआरको भन्दा केही राम्रो माइलेज एक्सब्लेडको रहेको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार बाइक छान्न सक्नेछन् । 


Back_to_top