१२५ सीसी बबर मोटरसाइकल, मूल्य ४ हजार ७०० यूरो

काठमाडौं । ह्योसुङ ब्राण्ड मोटरसाइकल पारखीका लागि नयाँ होइन । कुनै समय नेपाली तथा भारतीय बजारमा ह्योसुङ ब्राण्डका मोटरसाइकल बिक्री हुने गरेको थियो ।

दक्षिण कोरियाली ब्राण्ड ह्योसुङले भारतमा डीएसके ग्रुपसँग सहकार्य गरेर मोटरसाइकल बिक्री गरेको थियो । अहिले भारत र नेपालमा ह्योसुङका मोटरसमाइकल बिक्री बन्द भएको छ ।

ह्योसुङले जर्मनी बजारमा बबर डिजाइन १२५ सीसी मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले १२५ सीसी इन्जिनमा बबर डिजाइन जीभी १२५ एक्स मोटरसाइकल ल्याएको हो ।

जीभी १२५ एक्सको मूल्य ४ हजार ७०० युरो तोकेर सार्वजनिक भएको हो । यो मोटरसाइकल जर्मनी बजारमा १६ वर्षभन्दा माथिका चालकहरूले समेत चलाउन पाउने छन् । ह्योसुङ १२५ सीसी मोटरसाइकल जर्मनमा धेरै बिक्री हुने मध्येको एक मोटरसाइकल हो ।

यो मोटरसाइकलमा १२५ सीसी भी ट्विन, लिक्विड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १४ बीएच पावर जेनेरेट गर्छ । यसमा १४ लिटरको इन्धन ट्याङ्क उपलब्ध छ भने, ट्वीन एक्जस्ट दिइएको छ । यसमा बबर मोटरसाइकल सुहाउँदो
ठूलो टायर दिइको छ ।

यसको दुवैतर्फ डिस्क ब्रेकका साथै डबल च्यानल एबीएस उपलब्ध छ । यसमा बेल्ट ड्राइभ सिस्टम रहेको छ । यसको टप स्पीड १०० किलोमिटर प्रतिघण्टाको छ भने यसको कुल तौल १७२ केजी छ ।

यसमा सिंगल पिस सिट, सबै एलईडी लाटइ, लो पोजिशन ह्याण्डलबार, बार इन्ड मिरर, यूएसडी फर्क सस्पेन्सन दिइएको छ ।


Back_to_top