अभिन्या ईभीबाट हट्ने भयो टाटाको T आकारको लोगो

काठमाडौं । टाटा मोटर्सले आफ्नो विद्युतीय कारमा नयाँ लोगो प्रयोग गर्ने भएको छ । टाटाले यसअघि नै प्योर ईभीलाई अभिन्या ब्राण्ड नेममा ल्याउने जनाएको थियो । त्यही अनुसार स्टेरिङमा अभिन्या लेखेर ल्याउन लागेको हो ।

अहिले टाटाले बिक्री गर्दै आएको नेक्सन ईभी, पन्च ईभी, कर्भ ईभी, टिगोर ईभीमा टाटाको T अक्षरलाई इलुमुनेटेड लोगो प्रयोग गरेर ल्याइरहेको छ । कम्पनीको आउँदै गरेको ह्यारियर र सफारी ईभीमा पनि टी आकारकै लोगो लाग्नेछ । त्यसपछि आउने अभिन्यामा भने T हटाउने भएको हो ।

अभिन्यामा पनि टु स्पोक स्टेरिङ ह्वीललाई निरन्तरता दिएको कम्पनीले स्टेरिङमा एडास फिचर प्रयोग गर्न डेडिकेटेड कन्ट्रोल बटमहरु दिएको छ । टाटा मोटर्सले बाहिर ल्याएको अभिन्याको पहिलो तस्बिरबाट के बुझ्न सकिन्छ भने, ‘कम्पनी कम्फर्ट र कन्भिनेन्सको लागि उदार भएर काम गरिरहेको छ । यसको क्याविनको तस्बिर अनुसार मिनिमल डिजाइन थेममा क्याविन तयार भएको सहजै बुझ्न सकिन्छ ।

टाटाले अभिन्या ईभीलाई सन् २०२६ मा मात्रै बजारमा ल्याउने जनाएको छ । अभिन्या अगाडि ह्यारीयर, सफारी र सियरा ईभी बजारमा आउने छन् । अभिन्यापछि आउने ईभी मोडल भने अभिन्या सब ब्राण्डमै ल्याउने टाटाको योजना रहेको छ ।

अभिन्या ईभी ५०० किलोमिटर माथि रेन्ज, रियर ह्वील र अल ह्वील ड्राइभमा उपलब्ध हुनेछ ।


Back_to_top