टाटाले आफ्नो ३ एसयूभीमा नयाँ टर्बो इन्जिन दिने

काठमाडौं । भारतीय अटोमोवाइल कम्पनी टाटाले आफ्नो तीन मोडलमा १.५ लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिन दिने भएको छ । कम्पनीले दिने नयाँ टर्बो इन्जिनले १६८ पीएस पावर प्रदान गर्नेछ ।

कम्पनीले आफ्नो आउँदै गरेको नयाँ एसयूभी सियरा तथा अर्को वर्ष बजारमा आउने ह्यारीयर र सफारीको फेसलिफ्ट मोडलमा टर्बो इन्जिन दिने भएको हो । यी मध्ये सियरा निकैले प्रतिक्षा गरेको मोडल हो ।

भारत मोविलिटी एक्स्पोमा लगभग तयार अवस्थामा देखाएको सियरा मोडल आगामी चाडपर्वको सिजनमा बजारमा आउने अनुमान गरिएको छ । टाटाले बनाएको नयाँ टर्बो इन्जिन किनै किफायती र उच्च पर्फमेन्स गर्न सक्ने खालको छ ।

टाटाले नयाँ इन्जिनसँगै ईभीमा पनि एक साथ काम अगाडि बढाइरहेको छ । कम्पनीले बजारमा ल्याउने सियरा ईभी पनि निकै बहुप्रतिक्षित मोडल हो । यसले सिंगल चार्जमा ५०० किलोमिटर रेन्ज दिने अनुमान गरिएको छ ।


Back_to_top