१८० किमी माइलेज दिने ओकिनवा आई–प्रेज सार्वजनिक, फर्चुना अटोमोवाइलले नेपाल ल्याउँदै

काठमाडौं । ओकिनवा अटोटेक कम्पनीले आफ्नो प्रिमियम इन्टेलीजेन्ट इलेक्ट्रीक स्कुटर आई–प्रेज भारतीय बजारमा बिक्री सुरु गरेको छ । यसको मुख्य फिचर भनेको डिट्याचेबल लिथियम आयन ब्याट्री हो । 

जसलाई फुलचार्ज गर्नको लागि घरायसी ५ एक्पियरकै पावर सकेटमा पनि जम्मा २ देखि ३ घण्टामात्रै लाग्ने कम्पनीले दाबी गरेको छ । यो स्कुटरको तौल यही सेग्मेन्टको अन्य स्कुटरभन्दा ३० देखि ४० प्रतिशतले कम रहेको छ । 

गत डिसेम्बरमा बुकिङ्ग सुरु भएको ओकिनवा आई–प्रेज पहिलो ब्याचमा जम्मा ५ सयवटा मात्र उत्पादन हुनेछ । यसको अर्को ब्याच भने बुकिङ्गको आधारमा उत्पादन गर्दै जाने कम्पनीले जनाएको छ । गत डिसेम्बरमा बुकिङ्ग सुरु भएको पहिलो १५ दिनमै ४५० युनिट बुकिङ्ग भएको थियो । 

ओकिनवा आई–प्रेजमा रहेको लिथियम आयन ब्याट्रीले यसको रेन्ज १६० देखि १८० किलोमिटर पूर्याएको छ । २५ सय वाटको पावरफुल मोटर लगाईएको यो मोडलको लन्चिङ्गसँगै लुक्समा चलनचल्ती कै स्कुटर जस्तो देखिने ओकिनावाका स्कुटरहरु अब माइलेजमा पनि ग्यासोलीन स्कुटरसँग प्रतिस्पर्धा गर्न सक्षम भएका छन् । 

ओकिनवा आई–प्रेजको एप पनि रहेको छ, जसको सहायताले ब्याट्रीको हेल्थ, एसओएस नोटिफिकेसन, ट्रिप, डाइरेक्सन तथा स्कुटरको स्टाटस टाढै बसर पनि मोनिटर गर्न सकिने छ । यसमा रहेको फुल्ली डिजीटल इन्सुटुमेन्ट क्लस्टरमा इग्निसन, ब्याट्रीको हेल्थ, स्पीड, रिमेनीङ्ग राइडिङ्ग रेन्ज तथा इमोबीलाइजेसन मोडको बारेमा थाहा पाउन सकिन्छ । 

ग्लसी रेड, ग्लसी गोल्डेन व्ल्याक, ग्लसी सिल्भर व्ल्याक जस्ता कलरहरुमा उपलब्ध ओकिनवा आई–प्रेजको कम्पिटिसन भारतीय बजारमा अथरको स्कुटरहरुसँग हुने अनुमान गरिएको छ । आई–प्रेजको भारतिय बजारमा मूल्य १ लाख १५ हजार भारु तोकिएको छ । 

नेपाल कनेक्सन

ओकिनवाका इलेक्ट्रीक स्कुटर नेपाली बजारमा फर्चुना अटोमोवाइल कम्पनीले ल्याउने भएको छ । यसअघि दशैं लगत्तै नेपाली बजारमा सार्वजनिक गर्ने भनिएपनि केही कानुनी प्रावधान पुरा गर्नु पर्ने भएकाले केही ढिला भएको कम्पनी स्रोतले जानकारी दियो ।

संभवत ओकिनवाका उत्पादन फागुन महिना भित्रै नेपाली बजारमा बिक्री वितरण हुने आंकलन गर्न सकिन्छ । यसले नेपाली बजारमा भने एनआईयूका इलेक्ट्रीक स्कुटरसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top