काठमाडौं लेजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै, फ्रान्सअमेरिकादेखि राइडर सहभागी हुने

काठमाडौं । रोयल इनफिल्ड मोटरसाइकल क्लब काठमाडौं लेजेन्ड्सले ‘जिरी मेनिया २०२५’ राइड गर्ने भएको छ । काठमाडौं लेजेन्ड्सले चैत १५ गतेदेखि १७ गतेसम्म उक्त राइड गर्ने भएको हो ।

जिरी मेनिया २०२५ मा नेपाल, भारत, दक्षिण अफ्रिका, अमेरिका, फ्रान्स लगायत विभिन्न देशहरूबाट रोयल इनफिल्ड राइडरहरू सहभागी काठमाडौं लिजेन्ड्सका अध्यक्ष रमेश अवालेले जानकारी दिए।

कार्यक्रम अवधिभर सहभागीहरूले जिरी नगरका प्रमुख पर्यटकीय स्थलहरूको भ्रमण गर्नेछन् भने स्थानीय कला, संस्कृति तथा खानाको समेत अनुभव लिने अवसर प्राप्त गर्नेछन्। जिरी नगरपालिकासँगको सहकार्यमा आयोजना हुन लागेको यो कार्यक्रम जिरी उद्योग वाणिज्य संघ, जिरी होटल व्यवसायी संघ लगायत स्थानीय निकायहरूको सहकार्यमा जिरी मेनिया २०२५ आयोजना हुने भएको हो ।

कार्यक्रम अवधिभर जिरी नगरका स्थानीय बासिन्दा र पर्यटकहरूलाई विभिन्न खेलकुद तथा सांस्कृतिक क्रियाकलापहरू निःशुल्क रूपमा अवलोकन गर्न दिइने आयोजकले जनाएको छ। यसले स्थानीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

जिरी मेनिया २०२५ को प्रमुअ प्रायोजकमा रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी अल्फा अटोमोटिभ रहेको छ । अल्फा अटोमोटिभले यस्ता राइड कार्यक्रममा सघाउँदै आएको छ भने कम्पनी आफैंले पनि आन्तरिक पर्यटन प्रवद्धन गर्न वार्षिक ५०० हाराहारीमा राइड कार्यक्रम आयोजना गर्दै आएको छ ।


Back_to_top