काठमाडौं । विश्कै सबैभन्दा धेरै यूनिट मोटरसाइकल उत्पादन गर्ने कम्पनी हिरो मोटोकर्पमा उच्च तहका कर्मचारीले जागिर छाड्ने क्रम बढेको छ । केही दिन अघि मात्र कम्पनीका सीईओ निरजंन गुप्ताले जागिर छोडेका थिए । अहिले आधा दर्जन उच्च तहका कर्मचारीले जागिर छाडेका हुन् ।
अहिले हिरो मोटोकर्पको बजार हिस्सा दश वर्षेमै सबैभन्दा न्यून बिन्दुमा पुगेको छ । अहिले कम्पनीले नेतृत्व परिर्वतन, बजार हिस्सा गुमाउने खतराका साथै प्रतिस्पर्धीको चर्को दबाबको समाना गर्नु पर्ने अवस्था आएको छ ।
पछिल्लो २ दिनमा कम्पनी छाड्नेमा चिफ इन्फर्मेशन तथा डिजिटल अफिसर रिमा जैन, हेड ह्यूमन रिर्सोस समिर पाडें/धर्म रक्षित, चिफ विजनेश अफिसर भिडाका स्वदेश श्रीवास्तव छन् । त्यस्तै चिफ विजनेश अफिसर रन्जिवजीत सिंहले केही दिन अघिमात्र राजिनामा दिएका हुन् ।
पछिल्लो महिना पहिलो पटक होन्डाले हिरोलाई पछि पार्दै भारतको सबैभन्दा ठूलो दुईपाँग्रे बान्ड बन्न सफल भएको थियो । त्यसैगरी हिरो मोटोकर्पलाई पहिलो पटक टीभीएसले निर्यातमा पछि पारेको थियो । हिरो निर्यात गर्ने कम्पनीको लिस्टमा तेस्रो नम्बरमा पुगेको छ ।
हिरो मोटोकर्पले पछिल्लो महिनाको तुलनामा १७ प्रतिशतले बजार हिस्सा गुमाएको हो । कम्पनीले यी चुनौतीहरुलाई कसरी पार गर्छ भन्ने कुराले हिरो मोटोकर्पको भविष्य निर्माण गर्नेछ ।
हिरो मोटोकर्पमा अन्य उच्च तहका कर्मचारीहरुले समेत केही दिनमा राजिनामा दिन सक्ने बताइएको छ ।


