फागुनमा आयो ८२४ युनिट ईभी, पेट्रोलको आयात पनि सुधार

काठमाडौं । फागुन महिनामा ८२४ युनिट विद्युतीय चार पाङ्ग्रे साधन नेपाल आएका छन् । भारत र चीनबाट मुख्यतया विद्युतीय कार आयात भएका हुन् ।

भन्सार विभागले जारी गरेको फागुन महिनाको आयात तथ्यांक अनुसार चालु आर्थिक वर्षको ८ महिनामा ७ हजार ८० युनिट विद्युतीय चार पाङ्ग्रे साधन आयात भएको हो । माघ महिनासम्ममा ६ हजार २५६ युनिट आयात भएको थियो ।

फागुनमा पेट्रोल कारको आयात पनि निकै बढेको देखियो । फागुन महिनामा मात्रै ५७७ युनिट पेट्रोलियम पदार्थबाट चल्ने र हाइब्रिड कारको आयात भएको देखिन्छ ।

चालु आर्थिक वर्षको ८ महिनामा २९८५ युनिट पेट्रोलियम पदार्थबाट चल्ने चार पाङ्ग्रे साधन आयात भएको छ । उक्त तथ्यांकमा एम्बुलेन्स पनि जोडिएको छ ।


Back_to_top