क्रेटाको डबल डोज, नेपालमा बनेसँगै घट्यो ९ लाख मूल्य

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई क्रेटालाई दुई फरक इन्धनबाट चल्नेगरी एक साथ बजारमा ल्यायो । नेपाली सडकमा सर्वाधिक गुड्ने क्रेटा एसयूभी नेपालमै एसेम्बल सुरु भयो भने इलेक्ट्रीकमा पनि बिक्री सुरु भयो ।

एक साथ डबल डोज हुनेगरी बजारमा आएको क्रेटा इलेक्ट्रीकको सुरुवाती मूल्य ५१ लाख ९६ हजार तोकिएको छ । नेपालमा एसेम्बल भएको क्रेटाको सुरुवाती भेरियन्ट ईको ५३ लाख ९६ हजार तोकिएको हो ।

नेपालमा एसेम्बल भएको क्रेटा पेट्रोलको मूल्य निकै आकर्षक कायम भएको हो । कम्पनीले क्रेटा एसएक्स म्यानुअलको मूल्य ६६ लाख ९६ हजार, क्रेटा एस (अप्सनल) अटोमेटीकको ६७ लाख ९६ हजार र टप भेरियन्ट क्रेटा एसएक्स (अप्सनल) अटोमेटीकको ७८ लाख ९६ हजार तोकिएको हो ।

यसअघि क्रेटा पेट्रोल टप भेरियन्ट एसएक्स (अप्सनल) अटोमेटीकको मूल्य ८७ लाख ९६ हजार रुपैयाँ थियो । नेपालमै बनेसँगै यसमा ९ लाख रुपैयाँ मूल्य घटेको हो ।

इलेक्ट्रीक क्रेटाको एजुकेटीभ भेरियन्टको मूल्य ५१ लाख ९६ हजार, स्मार्ट भेरियन्टको ५४ लाख ९६ हजार, स्मार्ट (अप्सनल) भेरियन्टको ५६ लाख ९६ हजार र टप भेरियन्ट प्रिमियम प्लस भेरियन्टको ५९ लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ ।

नेपाली बजारमा एक साथ दुई अप्सनमा क्रेटा पेट्रोल र ईभी खोज्ने दुबैको लागि अफर गरिएको हो ।

इन्जिन र मोटर

नेपालमा एसेम्बल भएको नयाँ क्रेटामा १.५ लिटर क्षमताको इन्जिन छ । उक्त इन्जिनले अधिकतम ११५ पीएस पावर प्रदान गर्छ । त्यस्तै इलेक्ट्रीक क्रेटामा ९९ किलोवाटको इलेक्ट्रीक मोटर छ । त्यो भनेको १३५ पीएस पावर हो ।

पावरको आधारमा इलेक्ट्रीक क्रेटा अब्बल देखिन्छ । टर्क पनि इलेक्ट्रीक क्रेटामा नै धेरै छ । इलेक्ट्रीक क्रेटाले २५० न्यूटन मिटर टर्क प्रदान गर्छ । जबकी पेट्रोल क्रेटाको पीकटर्क १४४ न्यूटनमिटर मात्रै छ ।


Back_to_top