कम मूल्यमा स्पोर्टी मोटरसाइकल खोज्नेलाई टीभीएसका दुई अप्सन

काठमाडौं । कम मूल्यमा स्पोर्टी मोटरसाइकल खोज्ने ग्राहकहरूलाई टीभीएसले रेडर १२५ को दुई भेरियन्ट उपलब्ध गराउँदै आएको छ । टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले रेडर १२५ को एफआई र कार्बुरेटर भर्सन बिक्री गर्दै आएको छ ।

कम्पनीको सबैभन्दा धेरै बिक्री हुने मोटसाइकलर रेडरको एफआई भर्सन केही समय अघि नेपालमा सार्वजनिक गरेको हो ।

टीभीएस रेडर १२५ स्पोर्टी कम्यूटर डिजाइनमा तयार भएको मोटरसाइकल हो । अग्रसिभ फ्रन्ट प्यानल, स्टाइलिस हेडल्याम्पको साथमा दिइएको एलइडी डेटाइम रनिङ लाइट, मस्कुलर फ्यूल ट्याङ्क भएको कारण झट्ट हेर्दा १५० सीसी मोटरसाइकल जस्तो देखिन्छ ।

कम्पनीले कार्बुरेटर इन्जिन भएको रेडरको मूल्य २ लाख ७० हजार ९०० रुपैयाँमा बिक्री गर्दै आएको छ । एफआई इन्जिनको मूल्य १९ हजार रुपैयाँले बढाएर २ लाख ९६ हजार ९०० रुपैयाँमा तोकेर बिक्री गर्दै आएको छ ।

रेडरमा १२४.८ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर आयल कुल्ड इन्जिन रहेको मोटरसाइकलले अधिकतम ७५०० आरपीएममा ११.३८ पीएस पावर र ६ हजार आरपीएममा ११.२ एनएम अधिकतम टर्क उत्पादन गर्छ ।

टीभीएस रेडर १२५ मा एड्जस्टेवल मोनोशक सस्पेन्सन, यूएसबी चार्जिंग, अन्डर सिट स्टोरेज र फराकिलो टायर लगायत विशेषताहरु उपलब्ध रहेका छन् । साथै, यसमा रहेका आकर्षक नयाँ एलइडी हेडलाइट, एंगुलर एलइडी डीआरएल तथा फेन्डर अप फ्रण्टले समग्र बाइकको लुक्सलाई आकर्षक बनाएको छ ।


Back_to_top