काठमाडौं । महिन्द्राको आधिकारीक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी ‘एक्सयूभी-४००’मा पहिलो पटक छुट घोषणा गरेको हो । कम्पनीले नगद छुटसहित थुप्रै कुरा उपभोक्तालाई अफर गरेको छ ।
कम्पनीले एक्सयूभी-४०० मा नगद छुट १ लाख रुपैयाँ गरेको छ । साथै, सहजै फाइनान्स सुविधा पनि प्रदान गर्ने जनाएको छ । यसका अलावा ७.२ किलोवाटको चार्जर निःशुल्क अफर गरेको महिन्द्राले एक वर्षको वार्षिक कर पनि दिने जनाएको छ । एक्सचेन्ज सुविधा पनि उपलब्ध गराएको छ ।
एक्सयूभी-४००मा ११० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । साथै, ३९.४ किलोवाट आवरको लिथियम आयोन ब्याट्रीमा उपलब्ध एसयूभीले सडकमा ३०० किलोमिटर आसपास रेन्ज दिन्छ ।
महिन्द्राले एक्सयूभी-४०० लाई फिचर लोडेड बनाउन अटो डिमिङ आइआरभीएम, भेन्टिलेटेड सिट, क्रुज कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक, फग लाइट जस्ता फिचर दिएको छ ।
एक्सयूभी-४००को क्याबिनमा नयाँ १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस एण्डरोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्ने नयाँ १०.२५ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस चार्जिङ प्याड, रियर एसी भेन्ट, ड्युल जोन क्लाइमेट कन्ट्रोल, पुस बटम स्टार्ट स्टप, कीलेस इन्ट्री, टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता लेटेस्ट फिचर छन् ।
एक्सयूभी-४०० मा इको, फास्ट नर्मल र फेयरलेस स्पोर्टस गरी तीनवटा ड्राइभिङ मोड रहेको छ । अग्नी इनकर्पोरेट प्रालिले यसको अधिकतम खुद्रा मूल्य ५२ लाख ५० हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।


