सस्तो मूल्यमा आयो सिलाइन-०५, एटो थ्रीभन्दा राम्रो ब्यापार गर्न सक्ने

काठमाडौं । चिनियाँ ब्राण्ड बीवाइडीले सिलाइन-०५ सार्वजनिक गरेको छ । कम्पनीले १६ हजार २४० अमेरिकी डलर मूल्य कायम गरेर यसको चीनमा बिक्री सुरु गरेको हो ।

बीवाइडी एटो थ्रीभन्दा पनि आकर्षक मूल्यमा उपलब्ध भएको सिलाइन-०५ कम्पनीको अर्को ‘सेल्स चेन्जिङ’ मोडल हुने अनुमान सुरु भएको छ । कम्पनीको गड्स आई सी ड्राइभिङ एसिस्टेन्स सिस्टमको साथ बजारमा आएको सिलाइन-०५ धेरै मानेमा अब्बल हुने देखिन्छ ।

ओसियन एस्थेटिक डिजाइन ल्याङ्गवेजमा आधारित सिलायन-०५ मा ठूलो प्वइन्टीङ हेडलाइट, मिनिमलिष्टीक फ्रन्ट डिजाइन, सानो एयर इन्टेक दिइएको छ । गाडीको साइज पनि उत्कृष्ट छ । यसको लम्बाइ ४५२० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६३० एमएम छ । यसमा २७२० एमएम लामो ह्वीलवेस दिइएको छ ।

गाडीमा अगाडि ११० लिटरको ट्रङ्क पाउन सकिन्छ । साथै, यसमा ६०० लिटरको विशाल बुट स्पेस दिइएको छ । गाडीमा १२.८ इन्चको निकै प्राक्टीकल इन्फोटेन्टमेन्ट सिस्टम र ८.८ इन्चको इन्फर्मेसन डिस्प्ले दिइएको छ ।

बीवाइडीले यसलाई माइनस ६ डिग्री चिसो र ५० डिग्री तातो बनाउन सक्ने स्टोरेज बक्स दिएको छ । यसले एउटा पर्फेक्ट फ्रिजको काम गर्नेछ । ५ मिलिमिटर वेभ राडार, १२ अल्ट्रासोनिक सेन्सर, १२ क्यममेरा अटोपाइलट जस्ता फिचर यसमा छन् ।

सिलायन-०५ लाई कम्पनीले दुई मोटर र दुई ब्याट्री अप्सनमा उपलब्ध गराएको छ । कम्पनीले यसलाई ५० र ६१ किलोवाट आवरको दुई ब्याट्री दिएको हो । सानो ५० किलोवाटको ब्याट्रीसँग १४० किलोवाटको मोटर छ भने ठूलो ब्याट्रीसँग १६० किलोवाटको मोटर छ । यसको सानो ब्याट्रीले ३२० र ठूलो ब्याट्रीले ४०० किलोमिटर आसपास रेन्ज दिने अनुमान गर्न सकिन्छ ।


Back_to_top