काठमाडौं । कियाले भारतमा दुई इलेक्ट्रीक एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले कारेन्स ईभी छिट्टै बजारमा ल्याउने गरी परीक्षण सुरु गरिरहेको हो ।
हुन्डाई क्रेटाकै जस्तो फिचरमा उपलब्ध हुने अनुमान गरिएको कारेन्स ईभी २०२५ को मध्यसम्ममा बजारमा आउने छ । कियाले कारेन्सको फेसलिफ्ट मोडल पनि अर्को महिना बजारमा ल्याउँदैछ । त्यसमै आधारित रहेर कारेन्स ईभी आउने भएको हो ।
अगाडि क्लोजअफ ग्रिल, एरोडाइनामिक ह्वील, ५१ किलोवाटको ब्याट्री र १२६ किलोवाटको इलेक्ट्रीक मोटरसहित कारेन्स बजारमा आउने अनुमान गरिएको छ । यसको अलावा कियाले सिरोस एसयूभीलाई पनि ईभीमा ल्याउने छ ।
सन् २०२६ को पहिलो क्वाटरमा बजारमा आउने अनुमान गरिएको सिरोस ईभी ग्लोवल मोडल ईभी-२ बाट प्रेरित रहनेछ । यसको पनि रेन्ज ४०० किलोमिटर आसपास रहने बताइएको छ ।

