बिहीवारबाट कोना ईभीको बिक्री सुरु, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । कोरियन अटो निर्माता कम्पनीले उत्पादन गरेको इलेक्ट्रीक कम्प्याक एसयूभी ‘कोना’ नेपाली बजारमा यही बिहीवारबाट बिक्री सुरु हुने भएको छ ।

हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल स्रोतका अनुसार कम्पनीले नयाँ इलेक्ट्रीक कार माघ १७ गतेबाट नेपाली बजारमा बिक्री वितरण सुरु हुनेछ ।

भदौमा भएको नाडा अटो शो २०१८ मा आयोनिक इेक्ट्रीक सेडान कार ल्याएर शोकेस गरेको कम्पनीले बिक्री वितरणको लागि भने कोना इलेक्ट्री ल्याएको हो । अन्तर्राष्ट्रिय बजारमा कोना इभी दुई विकल्पहरुमा उपलब्ध छ । बजारमा ३९ किलोवाट ब्याट्री प्याकमा उपलब्ध भएको कोना इभीले एक पटकको फूल चार्जमा ३१२ किलोमिटर दुरी पार गर्छ भने ६४ किलोवाट यूनिटमा उपलब्ध हुने कोना इभीले ४८२ किलोमिटर रेन्ज पार गर्न सक्छ । नेपाली बजारमा कुन क्षमताको गाडी आएको हो त्यसको बारेमा भने आधिकारीक जानकारी दिइएको छैन ।

नेपाली बजारमा पहिला आउने गाडी ३९ किलोवाट मोडल हुन सक्ने अनुमान गरिएको छ । यसमा लगाइएको मोटरले १३६ एचपी पावर र ३९५ एनएम टर्क उत्पादन गर्छ । यसले ९.७ सेकेन्डमा ०-१०० किलोमिटर प्रति घन्टाको स्पीड लिन सक्छ। यसको टप स्पिड  १५५ किलोमिटर प्रतिघन्टा रहेको छ ।

लिथीयम-आएन ब्याट्रीलाई १०० किलोवाट डीसी फास्ट चार्जर प्रयोग गरि ५४ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सक्छ ।  साथै स्ट्यान्डर्ड एसी चार्जरबाट ६ घन्टा १० मिनेटमा फूल चार्ज गर्न सकिन्छ ।

कोना इभीमा एक्जस्ट हुने छैन भने, क्लोज ग्रील, १७ इन्च अलोय ह्वील राखिएको छ । त्यस्तै, क्याबीनमा डिजिटल ड्याशबोर्ड राखिएको छ । कम्पनीका अनुसार व्याट्री प्याक एसयूभी प्लटफर्ममा आधारित छ जसले इन्टेरियरको स्पेशमा कुनै कम्प्रमाईज गरिएको छैन ।

कोना इभीमा हेड-अप डिस्प्ले, ७.० इन्च इन्फोटेनमेन्ट टचस्क्रिन तथा हिटेड फ्रन्ट सिट जसमा भेन्टिलेट र एटवे इलेक्ट्रीकल एड्जस्टेव सुविधा रहेको छ ।

यो मोडलमा सुरक्षाका लागि एडेप्टीप क्रुइज कन्ट्रोल, लेन सेन्ट्रिङ सिस्टम, रियर क्रस-ट्राफिक अलर्ट तथा  अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम पनि दिइएको छ ।

नेपाली बजारमा यो ईभीको मूल्य करिब ५५ लाख रुपैयाँ रहने अनुमान गरिएको छ ।


Back_to_top