पोखरा । एसजे मोटोले हिमालयन जाभासँग साझेदारी गर्दै पोखरामा एसजे ग्यालरी संचालनमा ल्याएको छ । कम्पनीले पोखराको लेक साइडमा बाइकको कलेक्सन सहितको क्याफे संचालनमा ल्याएको हो ।
काठमाडौं एसजे ग्यालरी जस्तै पोखरामा मोटरसाइकल उत्सुक तथा कफिका पारखीहरूलाई भेटघाट गर्ने एक रोमाञ्चक हबको बनाउने कम्पनीले जनाएको छ ।
ग्राहकहरूले एजसे ग्यालरीमा उच्च गुणस्तरको बाइकिङ गियरदेखि प्रिमियम कफिको स्वाद लिन पाउने छन् ।
‘हामी दुवै संसारको उत्कृष्ट मोटरसाइकलको रोमाञ्च र कफी संस्कृतिको न्यानोपन लाई एक अद्वितीय ठाउँमा ल्याउन पाएर रोमाञ्चित छौं । यात्रु र बाइकरहरूको लागि प्रमुख गन्तव्य भएको पोखरा यस नयाँ उद्यमको लागि आदर्श स्थान बनेको छ,’ एसजे मोटोका संस्थापक सौरभ ज्योतिले भने ।


