काठमाडौं । काठमाडौंदेखि-ककनीसम्म अल्ट्राभोइलेट टेष्ट राइड आयोजना हुने भएको छ । नेपालका लागि अल्ट्राभोइलेटको आधिकारिक वितरक केडिया समूहले चैत ३० गते (शनिबार) अल्ट्राभोइलेट राइड आयोजना गर्ने भएको हो ।
केडिया अर्गनाइजेसनका बिजनेश हेड नवराज कोइराला का अनुसार काठमाडौंको नक्साल शोरुमबाट सुरू हुने राइड नागपोखरी-लैनचौर-बालाजु-मुड्खु हुँदै ककनी पुगेर समापन हुनेछ ।
उक्त राइडमा अल्ट्राभोइलेटसँगै अन्य २५० सीसी माथिको कुनै पनि कम्पनीको बाइक लिएर राइडरले सहभागीहुन सक्ने उनले बताए । अफरोड र अनरोड दुवैको अनुभवका लागि टेष्ट राइड आयोजना गरिएको उनको भनाइ छ ।
बाइक र पेट्रोल खर्च राइडर आफैंले व्यवस्था गर्नुपर्नेछ भने सो बाहेक अन्य खर्च कम्पनीले व्यहोर्ने कोइरालाले बताए ।
नेपाली बजारमा अल्ट्राभोइलेट एफ ७७ को मूल्य १० लाख ७५ हजार रुपैयाँ रहेको छ ।


