प्यूजोको इलेक्ट्रीक कार ‘पाटर्नर टीपी’ मा ८०% फाइनान्स सुविधा, यस्तोछ मूल्य र विशेषता

काठमाडौं । नेपालका लागि फ्रेन्च अटो कम्पनी प्यूजोको आधिकारीक वितरक साङ्ग्रिला मोटर्सले इलेक्ट्रीक कार ‘पाटर्नर टीपी’ को बिक्री–वितरण गर्दैआएको छ । पूर्ण इलेक्ट्रीक कार पार्टनर टीपीमा फाइभ–सिटर क्षमतामा उपलब्ध रहेको छ । यो गाडीको मूल्य ६० लाख रुपैयाँ निर्धारण गरिएको छ ।

नेपाली बजारमा ८० प्रतिशतसम्म फाइनान्स सुविधासहित यो कार बिक्री भइरहेको छ । केन्द्रीय बैंकले इलेक्ट्रीक गाडीमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा दिन सक्ने व्यवस्था गरेको छ । 

पाटर्नर टीपीमा २२.५ किलोवाट आवर क्यापासीटीको लिथियम आयोन ब्याट्रीको प्रयोग गरिएको छ । जसले एकपटको फूल चार्जमा १७० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ । यसमा रहेको र्यापिड चार्जिङ्ग प्वाइन्टको सहायताले ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ । यसमा प्रयोग भएको ४९ किलोवाट मोटरले ६७ बीएचपी पावर तथा २०० एनएम–टर्क उत्पादन गर्छ । 

सन् २०१७ को जेनेभा मोटर शोमा पहिलोपटक प्रदर्शनी गरिएको यो गाडी लिजर एक्टिभीटी भेहिकल (एलएभी)को नामले समेत चिनिन्छ । यसको बुट–स्पेस १३५० लिटरको रहेका छ भने पछाडिको सीट–फोल्ड गरेमा ३ हजार लिटरको बिसाल बुट–स्पेस उपलब्ध हुनेछ । 

यसको टेलगेट ठूलो रहेको छ, जसले ठूला कार्गो पनि सजिलै ओसार–प्रसार गर्न सकिन्छ । यसमा भ्यानको जस्तै स्लाइडिङ्ग ढोका दिइएको छ । जसको कारण पछाडि सिटको प्यासेन्जर सजिलै चढ्न र ओर्लन सक्नेछन् । 


Back_to_top