‘ट्रान्सफर्मर एसयूभी’ दीपल ई-०७ को डेलिभरी सुरू

काठमाडौं । विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ दीपल ई-०७ को नेपालमा औपचारिक डेलिभरी सुरू गरेको छ ।

नेपालका लागि दीपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले यसअघि बुकिङ गरेका ग्राहकलाई दीपल ई-०७ हस्तान्तरण गरेको हो ।

एमएडब्लू वृद्धिका सीईओ रुपेश शर्मा भट्टले दीपल ई-०७ सार्वजनिक गरिएको डेढ महिनापछि ग्राहकलाई औपचारिक रुपमा डेलिभरी सुरू गरिएको बताए ।

‘हामीले ई-०७ लाई नेपालमा सार्वजनिक गरेपछि बुकिङ सुरू गरेका थियौं । बजारबाट हामीले एकदमै राम्रो प्रतिक्रिया पाएका छौं,’ उनले भने, ‘बुकिङ गर्नुभएका ग्राहकको पहिलो ब्याचलाई हामी डेलिभरी दिइसकेका छौं । हामी ग्राहकको साथ र विश्वासका लागि धन्यवाद दिन चाहन्छौं र विश्वस्तरीय उत्पादन नेपाली बजारमा ल्याउन प्रतिबद्ध छौं ।’

दीपल ई-०७’ एक कन्भर्टेबल एसयूभी हो । यसको पछाडिको भागलाई एक क्लिकको भरमा पीकअप पनि बनाउन सकिन्छ ।

रेगुलर पीकअप ट्रक भन्दा सानो साइजको कार्गो स्पेशमा उपलब्ध ‘ई-०७’ लाई मल्टी पर्पस भेहिकल पनि भन्न सकिन्छ । पाँच जनाले सहजै यात्रा गर्न सक्ने पीकअपको पछाडिको कार्गो स्पेशमा ६०० केजीसम्म सामान बोकेर हिँड्न सकिने कम्पनीले जनाएको छ ।

दीपल ई-०७ एक इलेक्ट्रीक गाडी हो । यसमा ८९.९८ किलोवाट आवरको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीलाई सिंगल चार्ज गर्दा ५६६ किलोमिटरसम्म गुडाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

५ मिटर लामो एसयूभीमा २०० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । यो रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ दुवैमा भेरियन्टमा उपलब्ध छ । हाललाई रियर ह्वील ड्राइभको डेलिभरी सुरू भएको भट्टले जानकारी दिए । बताए ।

रियर ह्वील ड्राइभमा १९० किलोवाटको मोटर जडान गरिएको छ । जसले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्छ । यसमा ८९.९ किलोवाट आवरको ब्याट्री रहेको छ जसले सिंगल चार्जमा ५६६ किलोमिटरको रेन्ज दिन्छ ।

दीपल ई-०७ मा प्रयोग गरिएको सुपर ब्रेन सेन्ट्रल कम्प्युटिङ प्लेटफर्मले सिमलेस कन्ट्रोल र रियलटाइम रेस्पोन्स दिन्छ । यसमा २८.८६ इन्टको अग्मेन्टेड रियारिटी हेडअप डिस्प्ले र १५.४ इन्चको सनफ्लावर टचस्क्रीन प्रयोग गरिएको छ जसले ड्राइभिङ एक्सपिरियन्सलाई राम्रो बनाउने मात्र होइन सुरक्षित पनि बनाउँछ ।

सहज यात्रा र सुरक्षाका लागि यसमा ५ प्रकारको क्र्युज असिस्ट, ४ वटा पार्किङ असिस्ट फिचर र १४ ‘सेफ्टी प्रोटेक्सन सिस्टम, ५ एमएमको वेब राडार, ५ वटा क्यामेरा र १२ वटा अल्ट्रासोनिक राडार प्रयोग गरिएको छ । साथै, यसमा ५४० डिग्रीको सराउन्ड भ्यू र सी२ सेन्ट्रल कम्प्युटिङ रहेको छ जसले नेभिगेसन र पार्किङ आदिलाई सजह बनाउँछ ।

दीपल ई-०७ मा गोल्डेन बेल जार सीटीभी इन्टिग्रेटेड ब्याट्री प्रयोग गरिएको छ । जसले अत्यन्त चिसोमा पनि बेमिसाल पर्फर्मेन्स दिनेछ । एडाप्टिभ आयल कुलिङ सिस्टम र अल्ट्रा–थिन सिलिकन मोटर कभरिङले ब्याट्रीको इफिसेन्सी, रिलायबिलिटी र इनर्जी सेभिङमा मद्दत गर्छ । यसको युनिक सुपर पावर सेभिङ मोडले ड्राइभिङ रेन्जलाई अझ बढाउँछ ।


Back_to_top