फिचर थप भएर आयो होन्डा डिओ १२५

काठमाडौं । मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी होन्डाले भारतमा २०२५ मोडल डिओ १२५ स्कुटर सार्बजनिक गरेको छ ।

कम्पनीले केहि फिचरहरू थप गरेर होन्डा डिओ १२५ स्कुटरको नयाँ भर्सन डीएलएक्स र एच स्मार्ट गरि दुई भेरियन्ट बजारमा ल्याएको हो ।

नयाँ बडि ग्राफिक डिजाइन र अन्य थप आठ कलर अप्सनमा उपलब्ध भएको डिओ १२५ मा होन्डा रोडसिंक एप सहितको कनेक्टिभिटी सिस्टम रहेको ४.२ इन्चको टीएफटी डिस्प्ले रहेको छ । यस डिस्प्लेमा ट्रीप मिटर, रेन्ज, मोड इन्डिकेटर, डिस्ट्यान्स टू इम्पिटी, रियल टाइम माइलेज, कल एसएमएस अलर्ट, नेभिगेसन लगाएतका अन्य विवरण देख्न सकिन्छ ।

त्यसैगरि यस स्कुटरमा एलईडी लाइट, स्मार्ट की, कीलेस स्टार्ट-स्टप सिस्टम, युएसबी चार्जिङ पोर्ट, होन्डा आइडल इन्जिन स्टार्ट-स्टप सिस्टम, डिस्कब्रेक, अलोय ह्वील र ट्युबलेस टायर जस्ता अन्य फिचरहरु पनि समावेश छन् ।

डिओ १२५ स्कुटरमा ओबीडी टूबी कम्प्लाइन्ट सहितको बीएस ६ मापदण्ड अनुसारको १२३.९२ सीसीको, सिंगल सिलिन्डर, पीजीएम एफआई इन्जिन दिइएको छ । यस इन्जिनले अधिकतम ८.३ पीएस पावर तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ ।

कम्पनीले भारतीय बजारमा होन्डा डिओ १२५ डीएलएक्स भेरियन्टको मूल्य ९६ हजार ७४९ रुपैयाँ (एक्स शोरुम) र एच स्मार्ट भेरियन्टको मूल्य १ लाख २ हजार १४४ रुपैयाँ (एक्स शोरुम) निर्धारण गरेको छ ।


Back_to_top