नेपाली सडकमा दौडने तयारीमा फोटोनको ‘टुनल्याण्ड जी-सेभेन’

काठमाडौं । सन् २०२१ मा बुम भएको पीकअप बजार बिस्तारै सुस्त बन्यो । अहिले फेरी पीकअप खोज्नेहरु बिस्तारै बढ्दै गएका छन् ।

टुनल्याण्ड पीकअप ल्याएर सन् २०२१ बाटै बिक्री थालेको एमएडब्लू वृद्धिले फेरी यसको अपग्रेड मोडल ‘टुनल्याण्ड जी–सेभेन’ नेपाल ल्याउने भएको हो । नयाँ जी-सेभेन पीकअपको लम्बाइ ५३४० एमएम, चौडाइ १९४० एमएम र उचाइ १८७० एमएम छ । यसमा ३११० एमएम लामो ह्वीलबेस रहेको छ ।

फोटोनले यसमा १.५ लिटर क्षमताको टर्बो इन्जिन दिएको छ । सानो तर पावरफुल इन्जिन भएकै कारण यसको माइलेज उत्कृष्ट रहने कम्पनीको दावी छ । कम्पनीका अनुसार यसमा १०० किलोमिटर यात्रा गर्न केबल ७.५ लिटर पेट्रोल भए पुग्छ ।

फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध टुनल्याण्ड जी-सेभेन ४ फरक ड्राइभिङ मोड पाउन सकिन्छ । जसमा टु ह्वील, अटो, फोर ह्वील र फोर एल मोड दिइएको छ । यसमा रहेको इन्जिनले १६१ पीएस पावर र ३९० न्यूटन मिटर टर्क प्रदान गर्छ ।

यसमा जेडएफ ८ स्पीड अटोमेटीक गियरबक्स दिइएको छ । साथै, परम्परागत ६ स्पीड अटोमेटीक गियरबक्समा पनि यसलाई चलाउन सकिन्छ । यसमा थप १०० एनएम टर्क बढी पाउन सकिने कम्पनीको दावी छ ।

फोटोनका अनुसार नयाँ पीकअप सुरक्षामा पनि अब्बल छ । यसमा ३६० डिग्री क्यामरा, ब्लाइन्ड स्पट मनिटरिङ सिस्टम, फर्वाड कोलिजन वार्निङ जस्ता फिचर छन् । साथै, लेन चेन्ज एसिस्ट, ब्रेक प्रयोरिटी सिस्टम जस्ता आधुनिक फिचरले यसलाई निकै सहज बनाएको छ । ६ वटा एयरब्याग, हाइ स्ट्रेन्थ स्टील प्रयोग भएको बडी र क्र्यास इनर्जी मेनेजमेन्ट सिस्टमले यसलाई निकै सुरक्षीत पीकअप बनाएको छ ।

क्याविनमा रहेका १५ भन्दा धेरै स्टोरेज स्थान छ । सिटको कुरा गर्दा बायोनिक सिट, सोल्डर सपोर्ट डिजाइन, इलेक्ट्रीक एड्जस्टमेन्ट, फास्ट हिटेड पाउन सकिन्छ । चार तरिकाले मिलाउन मिल्ने स्टेरिङ ह्वील, ८ इन्चको एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, १०.२५ इन्चको लार्ज हाइ डेफिनेसन इन्फर्मेसन डिस्प्ले पाउन सकिन्छ ।


Back_to_top