काठमाडौं । बजाजले आफ्नो सबैभन्दा सानो पल्सर सिरिजको ‘एन-१२५’ नेपालमा बिक्री थालिसकेको छ । अहिले बजारमा कडा प्रतिस्पर्धा चलिरहेको सेग्मेन्टमा आएको एन-१२५ धेरै हिसाबले अब्बल देखिन्छ ।
अहिले स्पोर्टी कम्युटर १२५ सीसी सेग्मेन्टमा बजाज, टीभीएस, हिरो, होण्डा जस्ता ब्रान्डले मोटरसाइकल बिक्री गर्दै आएका छन् । यी मध्ये पावर, पर्फमेन्स, फिचर र मूल्यका आधारमा एन-१२५ को टक्कर टीभीएस रेडर-१२५ सँग हुने देखिन्छ ।
बजारमा रहने प्रतिस्पर्धालाई ध्यानमा राखेर नयाँ आएको पल्सर एन-१२५ र रेडर-१२५ बीच रहेका भिन्नतालाई यहाँ हामीले केलाउने प्रयास गरेका छौं । यी दुई मोटरसाइकलमा रहेका ६ भिन्नता यस प्रकार छन् ।
डिजाइन
दुवै मोटरसाइकल नेकेड स्पोर्टी स्टाइल्लिस युवा लक्षित डिजाइनमा तयार भएका हुन् । सिधा ह्याण्डलबार, आकर्षक फ्युल ट्याकं, एग्रेसिभ डिजाइन, मस्कुलर ट्यांक, आकर्षक हेडलाइट डिजाइन, स्प्लीट सिट दुवै मोडलमा छन् ।

ग्राफिक्स र फ्रन्ट लुक्सलाई तुलना गर्दा रेडरभन्दा एन-१२५ केही हदसम्म अझै बल्की र एग्रेसिभ देखिन्छ ।
इन्जिन
टीभीएस रेडरमा १२४.८ सीसी क्षमताको सिंगल सिलिण्डर, थ्री भल्ब, एयर र आयल कुल्ड, एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम १२.९ ब्रेक हर्स पावर र ११.५ एनएम टर्क जेनेरेट गर्छ ।
पल्सर एन १२५ मा १२४.५९ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कूल्ड, बीएस ६ एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम १२ पीएस पावर तथा ११ एनएम टर्क जेनेरेट गर्छ । दुवै मोटरसाइकलमा ५ स्पीडको गियरबक्स दिइएको छ ।
माइलेज
रेडरमा १० लिटर र एन १२५ मा ९.६ लिटरको फ्युल ट्याकं क्यापासिटी छ । कम्पनीले बताए अनुसार दुवै मोटरसाइकलले ५० देखि ६० प्रतिकिलोमिटर माइलेज दिनेछ ।
सस्पेन्सन, टायर र डाइमेन्सन
एन १२५ मा अगाडि कभर सहितको आरएसयू टेलिस्कोपिक फर्क र पछाडि प्रिलोड एड्जस्टेबल मोनोसक सस्पेन्सन सेटअप दिइएको छ । साथै, एन १२५ मोटरसाइकलको अगाडि डिस्क र पछाडि ड्रम ब्रेक पाउन सकिन्छ ।
टीभीएस रेडर पनि सिंगल डिस्कमा मात्रै उपलब्ध रहेको छ । यसमा अगाडि टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन सेटअप दिइएको छ । दुवै मोटरसाइकलमा ट्युबलेस टायर, अलोय ह्वील र कम्बाइन ब्रेकिङ सिस्टम उपलब्ध छ ।

बजाज एन १२५ को तौल १२५ किलोग्राम, सिट हाइट ७९५ एमएम र ग्राउण्ड क्लियरेन्स १९८ एमएम छ । टीभीएस रेडरको तौल १२० किलोग्राम, सिट हाइट १०२८ एमएम र ग्राउण्ड क्लियरेन्स १८१ एमएम रहेको छ ।
फिचर
प्रिमियम कम्प्युटर सेग्मेन्टमा आधारीत दुवै मोटरसाइकल स्पोर्टी डिजाइन, उत्कृष्ट लुक्स र आधुनिक फिचर भएका मोटरसाइकल हुन् ।
पल्सर एन १२५ मा एलईडी लाइट, जेड आकारको एलईडी डीआरएल, एलईडी टेल लाइट, यूएसबी चार्जिङ पोर्ट, स्टार्ट स्टप असिस्ट, सिंगल पिस पिलियन ग्रयाब रेल, चंकी टायर र ठूलो आकारको डिजिटल एलसीडी टीएफटी स्क्रीन दिइएको छ । उक्त स्क्रीनमा ब्लुटूथ कनेक्टिभिटी डिटेल्स, ट्रिप मिटर, स्पीडोमिटर, फ्युल गेज, टेकोमिटर, समय जस्ता सूचनाहरू हेर्न सकिन्छ ।
टीभीएस रेडरमा एलईडी हेडल्याम्प, सि आकारको एलईडी डे टाइम रनिङ लाइट, आवश्यकता अनुसारका डिटेल्स देखिने ५ इन्चको एलसीडी टीएफटी कलरफुल इन्स्ट्रुमेन्ट क्लष्टर, साइलेन्ट स्टार्ट (आइएसजी) सिस्टम, राइड मोड, सिंगल पिसग्र्याब रेल र यूएसबी चार्जिङ पोर्ट जस्ता फिचर उपलब्ध छन् ।
मूल्य
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले पल्सर एन १२५ मोटरसाइकलको मूल्य २ लाख ९७ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।
यही सेग्मेन्टमा बिक्री हुँदै आएको टीभीएस रेडर १२५ को मूल्य २ लाख ९६ हजार ९०० रुपैयाँ रहेको छ ।

