काठमाडौं । ट्रायम्फ इन्डियाले ४०० सीसी लाइनअपमा नयाँ स्क्रयाम्बलर मोटरसाइकल सार्बजनिक गर्ने भएको छ । कम्पनीले भारतमा ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्ससी नाम दिएर यसको उत्पादन थालेको हो ।
कम्पनीले आफ्नो आधिकारिक शोसल मिडिया पेजहरुमा नयाँ मोटरसाइकलको तस्बिर सार्वजनिक गरे लगतै नयाँ मोडल आउन लागेको पुष्टि भएको हो ।
स्क्रयाम ४०० एक्ससी ‘एक्स मोडल’ भन्दा फरक कस्मेटिक डिजाइन र सेग्मेन्टकै पहिलो नयाँ कलर अप्सनमा उपलब्ध हुने छ । पुरा अफरोड प्रेरित डिजाइनमा तयार भएको नयाँ मोडलमा क्रस स्पोक अलोय ह्वील, ट्युबलेस टायर रहने छ ।
अपसाइड डाउन युएसडी फ्रन्ट फर्क र रियरमा एड्जस्टेबल अपसेट मोनोसक सस्पेन्सन सेटअप रहने मोटरसाइकलमा बडी कलर विक स्टायलको मडगार्ड, फ्लाई स्क्रिन, हाइ माउन्टेड फ्रन्ट फेन्डर, सानो विन्ड स्क्रिन, सम्प गार्ड, इन्जिन प्रोटेक्सन गार्ड र सिंगल पिस स्प्लिट सिट रहने छ ।
स्क्रयाम ४०० एक्ससीमा ३९८ सीसीको सिंगल सिलिन्डर, लिक्वीड कूल्ड, बीएस ६ इन्जिन रहने छ । उक्त इन्जिनले ३९.५ बे्रकहर्स पावर र ३७.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स छ ।
कम्पनीले नयाँ स्क्रयामका बारेमा अन्य कुनै जानकारी बाहिर ल्याएको छैन । यसमा पाइने अन्य केही फिचरहरु भने स्क्रयाम एक्सको जस्तै पाइने छ । भारतीय बजारमा मोटरसाइकलको मूल्य स्क्रयाम ४०० एक्सको भन्दा २५ देखि ३० हजार रुपैयाँसम्म बढी हुनेछ ।

