नयाँ जेनेरेशन भेन्यू परीक्षणमा, यस्ता हुन्छन् परिवर्तन

काठमाडौं । हुन्डाई मोटर्सले भेन्यूको सेकेन्ड जेनेरेशन मोडल ल्याउने भएको छ । भारतीय सडकमा परिक्षण चलिरहेको नयाँ जेनेरेशन भेन्यूको तस्विरहरु बाहिर आएका छन् ।

आगामी चाडपर्वको समयमा आउने अनुमान गरिएको सब फोर मिटर एसयूभी भेन्यू अक्टोबरमा बिक्री सुरु हुने अनुमान गरिएको छ ।

बाहिर आएका तस्बिरहरुमा देखिए अनुसार नयाँ हुन्डाई भेन्यूको फेसिया डिजाइनमा पुरा परिवर्तन हुने भएको हो । कम्पनीले हुन्डाई क्रेटामा देखिए जस्तै कनेक्टेड डीआरएल सहितको क्वाड एलइडी लाइट दिने अनुमान गरिएको छ ।

भर्टिकल प्लेसमेन्ट भएको हेडलाइट सेटअपसँगै एल सेपको एलइडी डे टाइम रनिङ लाइट दिएको छ । त्यस्तै, भेन्यूमा पारामेट्रीक ग्रिलको सट्टामा रेक्ट्रयाङ्गुलर स्ल्याट सहितको ओपन ग्रिल रहनेछ ।

नयाँ हुन्डाई भेन्यूमा फ्रन्ट पार्किङ सेन्सर, लेवल २ एडास फिचर, १६ इन्चको अलोय ह्वील, बाक्लो ह्वील आर्क र बढी क्लाडिङ दिनेछ । चारवटै चक्कामा डिस ब्रेक उपलब्ध हुने एसयूभीको नयाँ डिजायनको रियर टेललाइट र बम्पर हुनेछ ।

हुन्डाईले भेन्यूको क्याविन रि-डिजाइन गरेको छ । क्रेटामा जस्तै कनेक्टेड इन्फोटेन्मेन्ट र इन्ट्रुमेन्ट क्लस्टर यसमा रहनेछ । नयाँ भेन्यूमा पानारोमिक सनरुफ र भेन्टीलेटेड सिटको फिचरसमेत थप हुनेछ ।

नयाँ जेनेरेशन भेन्यूमा बडी, फिचर, लुक्स लगायतका कुरामा परिवर्तन भएपनि पावरट्रेन भने पहिलो जेनेरेशनको भेन्यूमा जस्तै हुनेछ । नयाँ भेन्यूमा पनि ८३ हर्सपावर दिने १.२ लिटरको पेट्रोल, १२० हर्सपावर भएको १.० लिटरको टर्बो पेट्रोल, १०० हर्सपावर दिने १.५ लिटर डिजेल इन्जिन रहनेछ ।

यसको पेट्रोल इन्जिनसँग ५ स्पीड म्यानुअल र ७ स्पीडको डीसीटी गियरबक्स तथा डिजेल इन्जिनसँग ६ स्पीडको म्यानुअल गियरबक्स उपलब्ध हुनेछ ।


Back_to_top