काठमाडौं । हिरो मोटोकर्पले हिरो एक्सपल्स १६० ल्याउने भएको छ । कम्पनीले अहिलेका एक्सपल्स २०० र २१० को सफलतापछि कम मूल्यको १६० सीसी इन्जिनमा एक्सपल्स ल्याउने भएको हो ।
हालैमात्र कम्पनीले एक्सपल्स १६० को सानो भर्सन परिक्षण गरिरहेको तस्बिर बाहिर आएको हो । हिरो मोटोकर्पले होन्डासँगको सहकार्यमै रहँदा इम्पल्स १५० मोटरसाइकल ल्याएको थियो ।
त्यतिबेला भारतीय बजारमा एड्भेन्चर मोटरसाइकल ग्राहकलले मन पराएका थिएनन् । अहिले हिरो एक्सपल्स सिरिजको सफल भएसँगै कम्पनीले १६० सीसी इन्जिनमा पनि एक्सपल्स ल्याउने भएको हो ।
हालै परीक्षणको क्रममा देखिएको हिरोको नयाँ एड्भेन्चर मोटरसाइकलमा सानो साइजको एयरकुल्ड इन्जिन देखिएको छ । यो इन्जिन सम्भवत कम्पनीले हिरो एक्स्ट्रीम १६० आरबाट लिएको हो । कम्पनीले यसलाई अफरोड एड्भेन्चरका लागि ट्यूनिंङ गरेको अनुमान गर्न सकिन्छ । यो इन्जिनले १७ पीएस पावर र १४.६ एनएन टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान हुनेछ ।
कम्पनीले एक्सपल्स २०० कै समान डिजाइनमा १६० लाई तयार पारेको देखिन्छ । यसमा एक्सपल्स २०० कै २१ र १८ इन्चको टायर, डिस्क ब्रेक, बडी डिजाइन, सस्पेन्सन देख्न सकिन्छ ।
हिरोले ४४० सीसी इन्जिन क्षमाताको एक्सपल्स समेत ल्याउने तयारी गरिरहेको छ । यसअघि धेरै पटक एक्सपल्स ४४० को परिक्षण भइरहेको देखिएको थियो । कम्पनीले इक्मा अटो शो २०२४ मा एक्सपल्स ४४० को कन्सेप्ट समेत आर्ट मार्फत प्रर्दशन गरेको थियो । एक्सपल्स ४४० भन्दा पहिला १६० आउने अनुमान गरिएको छ ।


