किया मोटर्सले भारतीय बजारमा एसपी कन्सेप्टमा आधारित प्रिमियम ह्याचब्याक कार सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीको उक्त ह्याचब्याक कारले मारुती सुजुकीको बलेनोसँग प्रतिस्पर्धा गर्नेछ । साथै, हुन्डाई इलाइट आई–२० यसको अर्को प्रतिस्पर्धी मोडल हुने अनुमान सुरु भएको छ ।
यो नयाँ ह्याचब्याकसँगै कम्पनीले आगामी ६ महिनाभित्र भारतीय बजारमा तीन नयाँ मोडलको उत्पादन सार्वजनिक गर्ने योजना बनाएको छ ।
कियाले भारतमा बनाउन सुरु गरेको ह्याचव्याक कार यसअघि चीन र रसियाको अटो बजारमा बिक्री हुँदै आएको रियोको करेन्ट मोडल जस्तै रहेको छ ।
कम्पनीले यो मोडललाई भारतीय बजारमा लागू हुने प्रदुषण मापदन्ड बीएस–६ मापदन्डअनुसार नै निर्माण गरिएको जनाएको छ । जसमा १.० लिटर टर्बाेचार्ज्ड पेट्रोल इन्जिनको प्रयोग गरिएको छ । यसले ११५ बीएचपी पावर उत्पादन गर्छ । यसकासाथै १.५ लिटर डिजेल इन्जिनको अप्सन दिइने कम्पनीले जनाएको छ ।

