काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा विद्युतीय सवारी साधन (ईभी)को करका दर यथावत राखेको छ ।
बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत यस्तो घोषणा गरेका हुन् ।
उनले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न करका दरहरु यथावत राखिएको बताउँदै उनले भने, ‘विद्युतिय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरी वातावरण प्रदुषणलाई न्यूनिकरण गर्न र विद्युतको आन्तरिक खपत बढाउन त्यस्ता सवारी साधनमा लाग्दै आएको सबै प्रकारका कर तथा महशुल यथावत राखेको छु ।
सरकारले आगामी वर्षको बजेट मार्फत ईभीमा कर बढाउने हल्ला चलेसँगै व्यपारीहरुले पछिल्लो डेढ महिनामा मात्रै ५ हजार युनिट बढी ईभी भित्र्याएका थिए ।


