यी सात स्थानमा गाडी चलाउँदा विशेष ध्यान दिनुस्

काठमाडौं । प्रायः अधिकांश अटोमोबाइल्स कम्पनीले उत्पादन गर्ने गाडीमा फोर–ह्वील ड्राइभको विशेषता दिइएको हुँदैन । विशेषत अफरोड ड्राइभिङ्गलाई लक्षित गर्दै बजारमा ल्याईएका गाडीहरुमा फोर ह्वील ड्राइभ अप्सन हुने गरेका छन् । 

मानिसले गाडी चलाउँदा सडककै कारण धेरै दुःख पाउने गरेका छन् । त्यसैले आफ्नो सवारीसाधन र सडकको तालमेल मिलाएर जान सकियो भनेमात्र यात्रा सुखद हुन सक्छ ।  त्यसैले यी ७ प्रकारको सडकमा कहिल्यै गाडी चलाउनु पर्ने भयो भने विशेष ध्यानु दिनु पर्ने हुन्छ । 

हिलाम्मे बाटो 

विशेषतः अफरोड ड्राइभिङ्गको क्रममा हिल्लाम्मे बाटोले थप चुनौति थोपर्ने गर्छ । यस्तो अवस्थामा सम्भव भएसम्म सडकको किनाराबाट गाडी चलाउने प्रयास गर्नुपर्छ । हिलो बाटोमा सहजै पाङ्ग्रा फस्ने भएकाले यस्तो सडकमा ड्राइभिङ्ग गर्दा निक्कै समस्या सिर्जना हुने गर्छ । 

हिउँ

हिउँले भरिएको सडकमा यात्रा गर्नु रोमाञ्चक हुनेगर्छ, सँगै चुनौतिपूर्ण पनि । हिउँ पर्दापर्दै सवारी चलाउनु निकै कठिन कार्य हो । यस्तो अवस्थामा विशेषतः फोर–ह्वील ड्राइभको सुविधा नभएका गाडी समस्यामा पर्ने गर्छन् । 

पानी जमेको स्थान

काठमाडौंको सडकमा पानी जम्नु सामान्य समस्या भैसकेको छ । सडकमा भरिएको पानीले कारको इन्जिनलाई पूर्णरुपमा ड्यामेज गराउन सक्छ । पानीमा कार भिजेपछि कारको इन्जिन एक्कासी बन्द हुनेगर्छ । यस्तो सडकमा गाडी गुडाउनुपूर्व आफ्नो गाडीमा वाटर सिपिङ्ग सिस्टमको व्यवस्था छ कि छैन सोचविचार गर्नुपर्छ । 

खोला पार गर्दा

पुल नभएको स्थानमा खोलबाटै गाडी आवतजावत गर्ने गरिन्छ । यो समयमा चालकले आफ्नो नियन्त्रण गुमाउन सक्छन् । धेरैले खोलाबाट गाडी पार गर्नुपूर्व पानीको वहाव कति छ, पत्ता लगाउनुपर्छ । अन्यथा दुर्घटना निम्तन सक्छ । 

समुद्र किनार

समुद्रको किनारमा ड्राइभिङ्ग गर्नु रोमाञ्चक हुनेगर्छ, सँगै चुनौतीपूर्ण पनि । बालुवामा फोर–ह्वील ड्राइभको विशेषता उपलब्ध कारभने फस्ने सम्भावना कम रहन्छ । तर, निकै पावरफूल मानिएका कारसमेत यस्ता बाटामा फेल खाने गर्छन् । 

रेलवे ट्र्याक

रेलवे क्रसिङ्ग स्थानमा ट्राफिक सूचकको सङ्केतपछिमात्रै गाडी चलाउनुपर्छ । ट्राफिक सङ्केत नभएको स्थानमा ड्राइभिङ्ग गर्नु अर्काे मूर्खतापूर्ण कुरा हो । 

मरुभूमि

मरुभूमिमा ड्राइभिङ्ग गर्नका लागि उच्च सीपसँग–सँगै फोर–ह्वील ड्राइभ उपलब्ध गाडीको आवश्यकता रहन्छ । मरुभूमिमा सुरक्षित ड्राइभिङ्गका लागि टायरमा सकेसम्म कम प्रेसर दिनुपर्छ भने रबर र सतहबीचको सन्तुलन कायम गर्नुपर्छ । 


Back_to_top