काठमाडौं । आइएम मोटर्सको लग्जरी क्रसओभर एसयूभी नेपाली सडकमा गुड्न थालेको छ । पारामाउन्ट मोटर्सले नेपाल ल्याएको आइएम ब्राण्डको क्रसओभर एसयूभी काठमाडौंको सडकमा देखिएको हो ।
चिनियाँ व्यवसायिक समूह एसएआइसी ग्रुपको प्रिमियम ब्राण्ड आइएमको लग्जरी मोडल बजेट अगाडि केही युनिट नेपाल आएको थियो । पारामाउन्ट मोटर्सले नेपाल ल्याएको आइएम-६ मोडलको आधिकारिक बिक्री सुरू भएको घोषणा गरेको छैन ।
आइएम मोटर्सले ‘एडी’ नामक स्मार्ट ड्राइभिङ एसिस्ट दिएर एलएस-६ मोडल बजारमा ल्याएको छ । कम्पनीका अनुसार एडी स्मार्ट ड्राइभिङ एसिस्ट निकै सुरक्षीत छ । यसको पूर्ण प्रयोगले चालकको भन्दा ६.७ गुणा बढी सुरक्षीत हुने जनाइएको छ ।
एसएआईसी ग्रुपले आइएम-६ मोडललाई लिजार्ड डिजिटल च्यासिसमा तयार गरेको हो । निकै इन्टेलिजेन्ट फिचरको साथ आएको क्रसओभर मोडलमा हाइ-प्रिकसन लाइडार, एनभीडिया ड्राइभ अर्गेन चीप, ‘क्वालकमको स्न्यापड्रागन एसए-८२९५पी प्लेटफर्म’सहितको स्मार्ट ककपीट पाउन सकिन्छ ।
यसमा रहेको अटोनोमस पार्किङ एसिस्टेन्स पनि निकै रोचक छ । त्यो के भने पार्किङ सेन्सर मात्रै यसमा ३०० वटा प्रयोग भएको कम्पनीको भनाइ छ । कम्पनीले आइएम-६ लाई रियर ह्वील ड्राइभमा नेपाल ल्याएको हो । यसमा २१६ किलोवाट पीकपावर भएको मोटर छ । उक्त मोटरले ४५० एनएम टर्क प्रदान गर्छ ।
कम्पनीका अनुसार यसमा ७५ किलोवाट आवरको टर्नरी लिथियम ब्याट्री छ । अहिलेसम्म यसको आधिकारीक मूल्य घोषणा नभए पनि भन्सार प्रयोजनको लागि प्रकाशित मूल्य ९७ लाख ९९ हजार रुपैयाँ थियो । छिट्टै कम्पनीले २०० किलोवाटभन्दा कम क्षमताको मोटर पावरमा ल्याएर यसको बिक्री थाल्ने तयारी थालेको बुझिएको छ ।


