किन ‘फ्लप’ भयो इलेक्ट्रीक जी-वागेन ?

काठमाडौं । विश्व प्रसिद्ध लग्जरी कार ब्राण्ड मर्शिडिजले उत्पादन गरेको जी-वागेनको ईभी भर्सन ‘फ्लप’ सावित भएको छ । युरोपियन ब्राण्डले निकै आश गरेको इलेक्ट्रीक जी-वागेन उपभोक्ताको रोजाइमा पर्न नसकेको हो ।

लग्जरी अफरोड सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाएको मर्शिडिजनको जी-वागेन कम्बस्चन भर्सन निकै चर्चित थियो । यसको बिक्री संसारभर निकै उत्साहपूर्ण थियो । तर, इलेक्ट्रीक मोडल भने चल्न सकेन ।

कम्पनीले क्वाड मोटर सेटअपमा बजारमा ल्याएको जी-५८० इलेकट्रीक मोडल अफरोडको लागि समेत निकै सक्षम विद्युतीय मोडल हो । युरोपियन बजारमा गत अप्रिलमा केबल १ हजार ४५० युनिट मात्र डेलिभरी भएको थियो । जबकी, यसको कम्बस्चन भेरियन्ट भने ९ हजार ७०० युनिट बिकी भएको छ ।

युरोपियन मार्केटमा जी-वागेन इलेक्ट्रीकको सुरुवाती मूल्य १ लाख ६२ हजार २५० अमेरिकी डलर रहेको छ । यो ईभी सोचेभन्दा कम बिक्री हुनुको मुख्य कारण प्रयोगकर्ताले भी-८ इन्जिनको जस्तो ड्राइभिङ फिल नपाएको बताएका छन् ।

यसले जुन किसिमको प्रतिक्रिया पाइरहेको छ, त्यसलाई जर्मनीका मिडियाहरुले पूर्ण फ्लप मोडल भन्न थालेका छन् ।


Back_to_top