आइतबारदेखि हिरोका मोटरसाइकल र स्कुटरमा अफर पाइने

काठमाडौं । हिरोका मोटरसाइकल र स्कुटरमा आइतबारदेखि विशेष स्कीम लाग्ने भएको छ । हिरोको आधिकारीक बिक्रेता सिजी मोटर्सले जेठ २५ गते ‘हिरो एक्स्चेन्ज एण्ड इभल्ब’ क्याम्पेन सुरु गर्न लागेको हो ।

‘नयाँ अन्दाजमा नयाँ हिरो चढ्नुहोस्’ लोगन सहित ल्याएको यस अफरमा मोटरसाइकल तथा स्कुटर किन्ने उपभेक्ताले अतिरिक्त फाइदा पाउने छन् । कम्पनीले ल्याएको यस अफरमा मोटरसाइकल एक्स्चेन्ज गर्न आएका ग्राहकले आफुसँग भएको मोटरसाइकल वा स्कुटरमा थप ७ हजार मूल्याकंन पाउने छन् ।

यसका साथै ग्राहकले मोटरसाइकल वा स्कुटरको खरिदमा नगद ७ हजार रुपैयाँ छुट पाउने छन् । त्यसको साथै, २०८१–८२ को वार्षिक कर पनि कम्पनीले नै तिरिदिने छ ।

यसका अलावा ग्राहकको सहजताका लागि इजी फाइनान्स सुबिधा पनि कम्पनीले दिने बताएको छ । आइतबारदेखि सुरु हुने उक्त स्कीम असार ४ गतेसम्म चल्नेछ ।


Back_to_top