काठमाडौं । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपाल (नाडा)मा विगत लामो समयदेखि आबद्ध व्यवसायीहरू मिलेर यसैवर्ष नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा) नामक संस्था स्थापना गरे । यससँगै धेरैले नाडा टुक्रिएर नाइमा बनेको बताइरहेका छन् । तर, नाडा र नाइमाका अध्यक्ष तथा पदाधिकारी बसेर दुई संस्थाले एकअर्कासँग सहकार्य गर्ने साझेदारी नै गरे ।
साझेदारी पत्रमा हस्ताक्षर भएको मसी सुक्न नपाउँदै नाइमाले अटो शो गर्ने घोषणा गर्यो । नाइमाको घोषणासँगै अटो व्यवसायीहरू दुई कित्तामा विभाजन भएका छन् ।
यसै सन्दर्भमा नाइमा स्थापना गर्नुको औचित्य, आगामी नाइमा मोबिलिटी एक्स्पो र समग्र अटोमोबाइल क्षेत्रको अवस्थाका बारेमा नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यसँग मेरोअटोले गरेको कुराकानी गरेको छ ।
हामीले अध्यक्ष वैद्यलाई पहिलो प्रश्न गरेका थियौं, ‘नाइमा स्थापना गर्ने हल्ला विगत ३/४ वर्षदेखि चलिरहेको थियो । अन्ततः खुल्यो । नयाँ संस्था खोल्नु पर्ने अवस्था किन आइपर्यो ?’ उक्त प्रश्नको जवाफसहित पूरै अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ ।