देशभरका सडक अपडेट : ३ वटा पूर्ण बन्द, ८ वटा एकतर्फी खुले

फाइल तस्बिर

काठमाडौं । बाढी पहिरोका कारण अवरुद्ध देशभरका ११ सडकमध्ये ३ वटा अझै पूर्ण रूपमा बन्द रहेका छन् ।

नेपाल प्रहरीका अनुसार मंगलबार बिहान १०:५० बजेसम्म डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका छलघाट र जाजरकोट डोल्पा सडककाे रुकुम पश्चिम आठबिसकोट, रिजिगारमा आएको बाढीका कारण भेरी करिडोर बन्द भएको छ ।

त्यस्तै, गुल्मीको कालिगण्डकी नगरपालिका १ गरगरेमा पहिरो खस्दा कालगण्डकी करिडोर पनि पूर्ण रूपमा बन्द रहेको छ ।

बाढी पहिरोको कारण अवरुद्ध अन्य ८ सडक भने एक्तर्फी रूपमा खुलेका छन् । प्रहरीका अनुसार पहिरोका कारण अवरुद्ध धनकुटाको रविराके भेडेटार, कोशी राजमार्ग (संखुवासभाको मकालु गाउँपालिका), महेन्द्र राजमार्ग, कालिगण्डकी करिडोर, बेनी जोमसोम र बाग्लुङ-पोखरा सडक एकतर्फी सुचारु भएका छन् ।

त्यस्तै, कालिगण्डकी करिडोर अन्तर्गत गुल्मीको बर्लबा र जुम्लाको गाउँपालिका चुलचुले (जुम्ला-मुगु सडकखण्ड) एकतर्फी यातायात संचालनमा आएको छ ।


Back_to_top