जेनेभा अटो शोे आगामी मार्च ५ देखि १७ सम्म आयोजना हुँदैछ । उक्त अटो शोमा एसयूभी स्पेशलिष्ट कम्पनी जीपले कम्पासको स्पेशल एडिसन ‘एस’ भेरियन्ट प्रदर्शन गर्न लागेको हो ।
जीप कम्पास एस भेरियन्ट निकै स्पोर्टी देखिएको छ, यसको इन्टेरियर डियुल कलर टोनमा सजाईएको छ । पर्ल ह्वाईट र व्ल्याक रुफमा सजाईएको इन्टेरियर उत्कृष्ट रहेको छ । १९ इन्च लो ग्लस ग्रिनाइट क्रिष्टल ह्वीलले एस भेरियन्टलाई निकै आर्कषक बनाएको छ ।
अगाडिको ग्रिल, फगल्याम्प, डेटाइम रनिङ लाईटजस्ता फिचरमा यूनिक फिनिसिङ्ग दिइएको छ । सीट पूर्ण लेदरको प्रयोग गरिएको छ भने ८.४ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ ।
अल ह्वील ड्राइभ अप्सनमा उपलब्ध कम्पासको एस भेरियन्ट सिक्स स्पीड म्यानुयल र ९ स्पीड अटोमेटिक गियर अप्सनमा उपलब्ध रहेको छ ।
जीपले कम्पासको एस भेरियन्टलाई २०१९ को दोस्रो क्वाटरमा यूरोपियन बजारमा सार्वजनिक गर्ने भएको छ ।


