काठमाडौं । एमजी मोटर्स नेपालको अधिकृत वितरक पारामाउन्ट मोटर्स प्रालिले स्पेयर पार्टसको मूल्य औसतमा ३० प्रतिशतले घटाएको छ ।
कम्पनीले १०० भन्दा बढी स्पेयर पार्टसहरूको मूल्य औसत ३० प्रतिशतले घटाएको हो ।
कम्पनीले एमजीका सबै ग्राहकहरूलाई सस्तो र सहज सेवा उपलब्ध गराउने उद्देश्यले स्पेयर पार्टसको मूल्य घटाएको हो ।
कम्पनीले आफ्ना ग्राहकहरूको लागि उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्ने प्रतिबद्धता पुनः दोहोर्याएको छ । पारामाउन्ट मोटर्सले आफ्नो लजिस्टिक्स प्रक्रिया पुनरावलोकन गरी एमजीको आपूर्ति श्रृंखलासँग समन्वय गरेर खर्च घटाएको छ । यसको फाइदा सीधा ग्राहकहरूलाई पुग्ने कम्पनीको भनाइछ ।
एमजी मोटर्स नेपालले सेवा पहुँचलाई राष्ट्रव्यापी बनाउन निरन्तर लगानी गर्दै आएको छ। काठमाडौं उपत्यकामा ३ वटा पूर्ण सुविधायुक्त सेवा केन्द्र र देशभर फैलिएको डिलरशिप नेटवर्कमा १२ भन्दा बढी अतिरिक्त सेवा केन्द्रहरूको साथ कम्पनीले ग्राहकहरूलाई अद्वितीय सहजता र सहयोग प्रदान गर्दै आएको छ।
‘एमजी मोटर्स नेपालमा हाम्रा ग्राहकहरूको विश्वासले नै हाम्रो निर्णयहरूलाई मार्गदर्शन गर्छ,’ पारामाउन्ट मोटर्सका प्रवक्ताले भने, ‘हामीले स्पेयर पाट्र्सको मूल्य घटाउनु र सेवा पहुँच विस्तार गर्नु केबल ग्राहकहरूको अपेक्षा पूरा गर्ने मात्र होइन, तर यसलाई अझै बढाउने प्रयास हो। यो केबल सुरुवात हो र हामी अझै थप लागत घटाएर स्पेयर पार्टसको मूल्यमा संशोधन गर्न निरन्तर प्रयासरत छौं।’

