बजाजले ल्याउँदै नयाँ क्रुजर बाइक

बजाज अटोले आफ्नो क्रुजर बाइक एभेन्जर १८० उत्पादन बन्द गर्ने भएको छ । २२० सीसी र १८० सीसीमा निर्माण हुँदै आएको क्रुजर बाइक अब कम्पनीले १८० सीसीमा उत्पादन बन्द गर्ने भएको हो । 

कम्पनीले एभेन्जरलाई अब १६० सीसीमा ल्याउने भएको हो । कम्पनीले एभेन्जर १८० को डिजाइनमा एनएस १६० को इन्जिन प्रयोग गरेर एभेन्जर १६० ल्याउने तयारी गरेको जनाएको छ । अब आउने एभेन्जरले हालको एभेन्जर १८० बराबरकै पावर दिने कम्पनीले दाबी गरेको छ । हालको एनएस १६० र एभेन्जरको पावर समान जस्तै रहेको छ ।

एभेन्जर १६० मा १६०.३ सीसीको ४ भल्भ आयल कूल्ड इन्जिन रहने छ । यो इन्जिनले ८ हजार ५ सय आरपीएममा १५.३ बीएचपी तथा ६ हजार ५ सय आरपीएममा १४.६ एनएम टर्क जेनेरेट गर्छ । ५ स्पीडको गियरबक्स जडान गरिएको यो बाइकले ५० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ ।

फ्रन्टमा २६० एमएमको डिस्क र रियरमा १३० एमएको ड्रम ब्रेक रहेको यो बाइक सिगंल च्यानल एबिएससहित आउने छ । फ्रन्टमा टेलेस्कोप फर्क तथा रियरमा डबल ग्यास चार्ज्ड सस्पेन्सन दिइएको छ । एभेन्जर १६० भारतीय बजारमा ८७ हजार भारतीय रुपैयाँमा आउने अनुमान रहेको छ ।


Back_to_top