दुबईका नागरिक शेख हमद बिन हमदानले संसारकै सबैभन्दा लामो तथा वजनदार एसयुभी निर्माण गरेको दावी गरेका छन् । उनले निर्माण गरेको उक्त एसयूभीको लम्बाई १०.८ मिटर, उचाई ३.२ मिटर तथा चौैडाई २.५ मिटर रहेको छ । यसकाे ताैलभने २४ टन रहेकाे बताइएकाे छ ।
यसको निर्माणमा तीन वटा गाडीको पटर्स जीप र्याङ्गलर, डज डर्ट, ओसकोष एम १०७५ मिलीट्री ट्रक मिलाएर निर्माण गरिएको हो ।
एसयूभीको नाम ढाबियन राखिएको हमदानले जानकारी दिएका छन् । यसमा सिक्स सिलिन्डर इनलाइन वाटर कुल्ड इन्जिनको प्रयोग गरिएको छ । जसले ६०० एचपी पावर उत्पादन गर्छ । यो एसयूभीमा १० वटा पाङ्ग्रा लगाइएको छ ।
हाल, हमदानले शारजाहस्थित अल दम म्युजियममा उक्त ढाबियनको प्रदर्शन गर्ने तयारी गरेका छन् । यसको मूल्य कति राख्ने भन्ने विषयमा कुनै निर्णय नभएको जनाइएको छ । सिल्भर लुकमा निर्माण भएको एसयूभीमा रोयल टच दिइएको छ ।
शेख हमदानका अनुसार एसयुभी पावरफुलका हुनुका साथै अफारोडिङ्गका लागि उत्कृष्ट विकल्पको रुपमा यसलाई बनाइएको हो । शेख हमदानले एमिरेट्स नेशनल अटो शो म्युजियमसमेत चलाउँदै आएका छन् ।

