काठमाडौं । नाइमा नेपाल मोविलिटी एक्स्पो २०२५ मा प्रदर्शनी हुने सबैभन्दा चर्चित मध्येको एक मोडल जेको जे-फाइभ हो । चिनियाँ ब्राण्ड चेरीको न्यू इनर्जी युनिट ओमोडा एण्ड जेकोले उत्पादन गरेको जे-फाइभ साउन २१ गते सार्वजनिक हुनेछ ।
अहिले विद्युतीय गाडीमा थुप्रै छनोट पाउन सकिन्छ यस्तोमा जेको जे-फाइभ कुर्ने कि नकुर्ने भन्ने कन्फ्यूजनमा तपाई हुनुहुन्छ भने तपाईलाई अहिल्यै निर्णय लिन सजिलो बनाउने हाम्रो उद्देश्य हो । त्यसैले छिट्टै बजारमा उपलब्ध हुने जे-फाइभको विषयमा हामील यहाँ चर्चा गरेका छौं ।
अन्तर्राष्ट्रिय बजारमा भर्खरै बिक्री सुरु भएको जेको जे-फाइभको डिजाइन, फ्रन्ट लुक्स, स्लीम हेडलाइट जस्ता कुरा धेरैलाई तान्छ । औषत कम्प्याक्ट एसयूभी कै साइजमा उपलब्ध भएको कारण ग्यारेजको समस्या पनि उपभोक्तालाई हुँदैन ।
जेको जे-फाइभको लम्बाइ ४३८० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६५० एमएम छ । यसमा ह्वीलवेस भने २६२० एमएम छ । जुन सहरी क्षेत्र तथा सामान्य अफरोड बाटामा यात्रा गर्न उपयोगी हुन्छ ।
किन कुर्ने जे-फाइभ ?
यदि, तपाई जे-फाइभको विषयमा के के पाइन्छ भनेर सोच्दै हुनुहुन्छ भने यसमा १.४५ वर्ग मिटर ठूलो प्यानोरोमिक ग्लास रूफ दिइएको छ । जुन सेग्मेन्टमै सबैभन्दा ठूलो मानिन्छ ।
हल्का अफरोड क्षमता भएको जे-फाइभले १२५० किलोग्राम लोड तान्न सक्छ । साथै, ७५ किलोग्राम थेग्ने रूफ र्याकको प्रयोग गर्न सकिन्छ ।

जेकोले जे-फाइभमा इन्डिपेन्डेन्ट सस्पेन्सन सेटअप दिएको छ । जसको कारण खराब बाटाहरुमा पनि सहज र आरामदायी ड्राइभिङ अनुभव पाउन सकिन्छ ।
मिनिमल डिजाइनमा तयार भएको इन्टेरियर यसको अर्को बलियो पक्ष हो । ड्यासबोर्डमा कम बटनहरू सहितको १३.२ इन्चको ठूलो पोट्र्रेट टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । साथै, दुई कलरमा सजिएको लेदर सिटको प्रयोगले निकै आलिसान लाग्ने क्याविन तयार भएको छ ।
अर्को महत्वपूर्ण कुरा के छ भने कुकुर वा बिरालो जस्ता घरमा पालेका जनावरहरु लिएर तपाई यात्रा गर्ने गर्नु भएको छ भने यो एसयूभी तपाईकै लागि बनाइएको जस्तो लाग्छ । यसमा प्रयोग भएको शक्तिशाली एयर फिल्टरले जनावरको रौं हटाउन र एन्टिब्याक्टेरियल हेल्थ डिभाइस यसमा उपलब्ध हुनेछ ।

मल्टी कलर एम्बियन्ट लाइटिङ, डबल-ग्लेज्ड साउन्ड प्रुफ ग्लास, वायरलेस चार्जिङ र पावर-एड्जस्टेबल फ्रन्ट सिटहरूले नलोभ्याउने कुरै भएन । फुल साइज स्पेयर टायर पनि उपलब्ध हुने भएकाले ढुक्कसँग यात्रा गर्न सकिनछ । सामान राख्न ४८० लिटरको बुट स्पेस दिइएको छ । जुन पछाडिको सिट फोल्ड गर्दा ११८० लिटरसम्म विस्तार गर्न सकिनछ ।
जेको जे-फाइभमा ६०.९ किलोवाट आवरको ब्याट्री रहने छ । यसले ४०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ ।

सुरक्षाको लागि एडास लेभल टु फिचर उपलब्ध जे-फाइभमा एडाप्टिभ क्रूज कन्ट्रोल, अटोमेटीक इमेर्जेनसी ब्रेकिङ जस्ता फिचर छन् । इन्टेलिजेन्ट क्लाइमेट कन्ट्रोल, रिमोट कन्ट्रोल फंक्शन र इन्टरनेट मार्फत सफ्टवेयर अपडेट उपलब्ध हुनेछ ।
डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर उपलब्ध जे-फाइभमा सोनीले बनाएको साउन्ड सिस्टम र इन-कार माइक सुविधा पनि उपलब्ध छ । चेरीले यसलाई २० लाख किलोमिटरको परीक्षणपछि बजारमा उतारेको हो ।
निस्कर्ष
जेको जे-फाइभमा रहेका मुख्य फिचरहरुको बारेमा हामीले तपाईलाई जानकारी दिएका छौं । डिजाइनका आधारमा यसको ठ्याक्कै प्रतिस्पर्धी मोडल तत्काल नेपाली बजारमा छैन । तर, साइजको आधारमा थुप्रै एसयूभीसँग प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ ।
त्यसैले तपाई अहिले बजारमा रहेका मध्येबाट एउटा किन्ने कि कुर्ने भन्ने निर्णय आफैँ गर्नै सक्नुहुनेछ ।


